ग्रीन भेन्चर्सको आइपिओ फागुन २३ गतेसम्म भर्न सकिने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १६ फाल्गुण, २०७८
४ वर्षअघि

ग्रीन भेन्चर्स लिमिटेडले यही फागुन २ गतेदेखि आयोजनाबाट पीडित स्थानीय बासिन्दाका लागि खुला गरेको साधारण सेयरको बिक्री खुला अवधि थप गरेको छ ।

अब आयोजनाबाट पीडित बासिन्दाले यही फागुन २३ गतेसम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिकित्ता रु. १०० अङ्कित मूल्यमा रु. ३१ करोड २५ लाख मूल्य बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) स्थानीयवासीका लागि बिक्री खुला गरेको थियो ।

ओखलढुङ्गा र रामेछाप जिल्लामा रहेको आयोजना आसपासका बासिन्दाले फागुन १६ सम्म आवेदन दिनुपर्ने अन्तिम म्याद तोकिएको थियो ।

तर अवधिसम्म मागबमोजिम आवेदन प्राप्त नभएका कारण आवेदनको समय फागुन २३ सम्म थप गरिएको कम्पनीले जनाएको छ ।

आह्वान पत्रानुसार कम्पनीले आफ्नो जारी पुँजी रु. तीन अर्ब १२ करोड ५० लाखको १० प्रतिशतका दरले रु. १०० अङ्कित दरका ३१ लाख २५ हजार कित्ता साधारण सेयर ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा १, २ र ३ तथा लिखु गाउँपालिका–९ र रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–१, २ तथा उमाकुण्ड गाउँपालिका–७ का आयोजनाबाट पीडित बासिन्दाबाट सेयर खरिद गर्न दर्खास्त आह्वान गरेको थियो ।

कम्पनीले हाल ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको वडा १ र ३, तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा नं ७ मा केन्द्र रहेको कूल ५२ दशमलव चार मेगावाट क्षमताको ‘लिखु–४ जलविद्युत’ आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीले आयोजना निर्माणको कुल अनुमानित लागत रु. १२ अर्ब आठ करोड हुने जनाएको छ ।

आयोजनाबाट पीडितक्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि दर्खास्त दिन पाउनेछन् ।

स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

यसका साथै लक्ष्मी बैंकको रामेछापको मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबीबजार शाखा, मेगा बैंकको मन्थली शाखा, मेगा बैंकको ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा शाखा तथा आयोजनास्थलबाट पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट छ ।

धितोपत्रको सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार केयर रेटिङ कम्पनीले ग्रीन भेन्चर्सलाइ ‘केयरनपी–आइआर बीबी’ ग्रेडिङ प्रदान गरेको थियो ।

रेटिङअनुसार कम्पनीको अवस्था र दायित्व बहन गर्ने क्षमता औसत जोखिममा हुन्छ ।

यो पनि:

आजदेखि राष्ट्र उत्थान लघुवित्तको आइपिओ खुल्याे

प्रकाशित समय: सोमबार १६ फाल्गुण, २०७८, २१:२५:५४
सभापति थापालाई मोहन बस्नेतको चेतावनी,वडा सभापतिहरूमाथि कारबाही गरे सानेपाबाट निकाल्न नपरोस्
शनिवार ९ जेठ, २०८३
चीनसँगको व्यापारिक नाका ओलाङचुङ्गोला पुनः सञ्चालन
शनिवार ९ जेठ, २०८३
जमुनाहा–नेपालगन्ज–चिसापानी सडक सीमाभित्रका अनधिकृत संरचना हटाउन अल्टिमेटम
शनिवार ९ जेठ, २०८३
पाँचथरको याङवरकमा बाढीपहिरोका कारण ठूलो क्षति, सडक र पुल बगे
शनिवार ९ जेठ, २०८३
लुम्बिनीका मुख्यमन्त्री र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता
शनिवार ९ जेठ, २०८३
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
शनिवार ९ जेठ, २०८३
जसपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि
शनिवार ९ जेठ, २०८३
तापक्रम ४० डिग्रीको हाराहारीमा पुग्ने, आगामी ३ दिन सावधानी अपनाउन अपिल
शनिवार ९ जेठ, २०८३
जीवन विकास सामुदायिक अस्पतालमा भयो अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा शुरु
शुक्रबार ८ जेठ, २०८३
नेपालको एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नति सन् २०३० सम्म स्थगित
शुक्रबार ८ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०