पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ११ फाल्गुण, २०७८
४ वर्षअघि
पलको बचाउ

बलात्कारको अभियोगमा अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा जाहेरी परेपछि अभिनेत्री पूजा शर्मा पलको बचाउमा बोलेकी छन् ।

फिल्म ‘म यस्तो गीत गाउँछु-२’ को प्रिमियर सोबाट निस्किएपछि नायिका शर्माले पलको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्ने बताउँदै पलको बचाउ गरेकी हुन् ।

Advertisement

पल अभिनित सो चलचित्र शुक्रबारबाट देशैभरि प्रदर्शनमा आउँदै छ ।  रिलिज हुनुअघि उनीविरुद्ध जाहेरी परेको हो ।

‘पल शाह १२ वर्षदेखि स्ट्रगल गरेर ओ ठाउँसम्म आएको हो, उसले कलाकारिता क्षेत्रमा गरेको योगदानलाई सम्झौँ । उसको एउटा गल्तीलाई बिर्सिदिउँ,’ पूजाले भनेकी छन् ।

विवाहको प्रलोभनमा नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोगमा बुधबार शाहविरुद्ध तनहुँमा पीडित परिवारले जाहेरी दिएको हो ।

यसअघि गायिकाको परिवार जाहेरी दिन कास्की पुगेको थियो ।

कास्कीमा उजुरी दर्ता नभएपछि पीडित परिवार जाहेरी लिएर तनहुँ आएको हो ।

शाहले नाबालिक गायिकामाथि अन्तिम पटक यौन शोषण गरेको स्थल तनहुँ जिल्लाको दुलेगौडा भएकाले किशोरीले तनहुँमा पीडित युवतीका बुबाले तनहुँमा किटानी जाहेरी दिएका थिए ।

गत वैशाख १४ गते पोखराको एक घरमा रहेका बेला पलले मदिराको तालमा ती नाबालिग बसेको कोठामा गएर ललाइफकाई ‘बिहे गर्छु, धोका दिन्‍नँ’ भन्‍ने विश्वास दिलाइ असहमति हुँदाहुँदै जबरजस्ती करणी गरेको आरोप पनि जाहेरीमा उल्लेख छ ।

उजुरी परेपछि अभिनेता पल शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत तनहुँले बुधबार अभिनेता पल शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार पक्राउ पुर्जी जारी गरी काठमाडौं प्रहरीमा परिपत्र भइसकेको छ ।

https://twitter.com/SiudiLeep/status/1496496396253671426?s=20&t=Nt6KGLJk9PY16nPGRzGYSw

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
चिनियाँ उपमन्त्री यान दोङ नेपाल आउँदै
आईतबार २१ असार, २०८३
धनकुटामा एकैपटक १९ जना नेता तथा कार्यकर्ताले कांग्रेस छाडे
आईतबार २१ असार, २०८३
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
आईतबार २१ असार, २०८३
सहकारी बचत फिर्ता गर्न ऐन संशोधन गरिएको हो : मन्त्री प्रतिभा रावल
आईतबार २१ असार, २०८३
चितवनमा जंगली हात्तीको आक्रमणपछि आगलागी हुँदा आमा–छोराको मत्यु
आईतबार २१ असार, २०८३
मन्सुरीको पहलमा सहकारी बचत फिर्ता अभियान प्रभावकारी, झण्डै चार करोड रकम बचतकर्तालाई फिर्ता
शनिवार २० असार, २०८३
गुरुङ नेतृत्वको बर्जु–१ ले किसानलाई दियो विद्युतीय पानी तान्ने मेसिन
शनिवार २० असार, २०८३
बर्जु–२ ले गर्यो  किसानहरुलाई निःशुल्क स्प्रे मेसिन वितरण
शनिवार २० असार, २०८३
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको आग्रह
शनिवार २० असार, २०८३
सरकारका सय दिन पूर्णत असफल : प्रचण्ड
शनिवार २० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०