युएईविरुद्ध नेपालको खराब सुरुवात

सुरुवाती झट्कासँगै सुरु भयो नेपालको इनिङ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० फाल्गुण, २०७८
४ वर्षअघि
खराब सुरुवात

आइसिसी टी२० विश्वकप ग्लोबल क्वालिफायरको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध खेलिरहेको नेपाले खराब सुरुवात गरेको छ ।

एक सय ७६ रनको मध्यम लक्ष्य पाएको नेपालले जवाफी इनिङको १० ओभरमा चार विकेट गुमाएर मात्र ६६ रन बनाएको छ ।

अल अमेरत क्रिकेट रङ्गशालमा भइरहेको नेपाल र युएईबीचको खेलमा नेपालले टस हार्दै पहिले फिल्डिङको लागि निम्तो पाएको थियो ।

एक सय ७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निकै खराब सुरुवात गरेको थियो । नेपालले पहिलो ओभरमा नै दुई खेलाडीलाई शून्य रनमा गुमाएको थियो ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर आशिफ शेखलाई गुमाएको थियो । शेखलाई गुमाएको दोस्रो बलमा नै नेपालले अर्का आक्रमक ब्याटर लोकेश बमलाई शून्य रनमा पेभिलियनमा पाएको थियो ।

युएईका लागि दुवै सफलता जुनैद सिद्दिकीले दिलाएका थिए ।

पहिलो ओभरमा तीन रन बनाउँदा दुई विकेट गुमाएको नेपालले तीनै रन अतिरिक्त रनमार्पmत पाएको थियो ।

नेपालले एक लेग बाई र दुई वाइडमार्फत पहिलो ओभरमा तीन रन बनाएको थियो ।

युएईका लागि तेस्रो सफलता पनि जुनैद सिद्दिकीले नै दिलाए ।

उनले ओपनर कुशल भुर्तेललाई विकेटपिकर अरविन्दमार्फत क्याच आउट गराए ।

खेलमा आठ बलको सामना गरेका भुर्तेलले एक चौकाको मद्दतमा नेपाली टोलीलाई सात रनको योगदान दिएका थिए ।

ढलमलिएको नेपालको इनिङलाई दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले सम्हालेका थिए ।

तर आठौँ ओभरको पहिलो बलमा नै रोहन मुस्ताफाले आरिफ शेखलाई क्रिज छाड्न बाध्य बनाए ।

मुस्ताफाले शेखलाई आफ्ना विकेटकिपर अरविन्दमार्फत क्याच आउट गराए ।

१२ बलको सामना गरेका शेखले एक चौकाको मद्दतमा ११ रन बनाएका थिए ।

यतिबेला नेपालको इनिङ दिपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्लले सम्हालिरहेका छन् ।

२० ओभर पूरै खेलेको युएईले सात विकेटको क्षतिमा एक सय ७५ रन बनाएको बनाएको थियो ।

आजको खेल जित्ने राष्ट्रले अस्ट्रेलियामा अक्टोबरदेखि सुरु हुने टी२० विश्वकपमा स्थान पक्का गर्नेछ ।

प्रकाशित समय: मङ्गलबार १० फाल्गुण, २०७८, १८:२३:३०
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
सोमबार ११ जेठ, २०८३
न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने सांसद् न्यौपानेको माग
सोमबार ११ जेठ, २०८३
दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर
सोमबार ११ जेठ, २०८३
भूमि मन्त्रालयअन्तर्गत १३ अर्बभन्दा बढी बेरुजु, फर्छ्यौट सुस्त
सोमबार ११ जेठ, २०८३
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्धको पक्राउ पुर्जी सम्बन्धी रिट आज सुनुवाइमा
सोमबार ११ जेठ, २०८३
सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति
सोमबार ११ जेठ, २०८३
भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट
सोमबार ११ जेठ, २०८३
मोबाइल चार्ज गर्ने बहानामा बुहारीको कोठा पसेका जेठाजुलाई लाग्यो बलात्कार आरोप, ससुरा फरार
सोमबार ११ जेठ, २०८३
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
आईतबार १० जेठ, २०८३
‘फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ’
आईतबार १० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०