पल शाहको स्पष्टीकरण : मसँग जोडिएका घटनाहरू वास्तविकभन्दा धेरै टाढा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० फाल्गुण, २०७८
५ वर्षअघि
पल शाह

पल शाहले आफूसँग जोडिएका घटनाहरू वास्तविकभन्दा टाढा रहेको स्पष्टीकरण दिएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत नायक शाहले पछिल्लो समय मिडियामा गसिप भइरहेको विषय साँचो नभएको जनाएका हुन् ।

पछिल्लो समय पल शाह र गायिका समीक्षा अधिकारीको अन्तरङ्ग सम्बन्धबारे विभिन्न समाचारहरू प्रकाशित भइरहेका छन् ।

केही समयअगाडि पलसँग सम्बन्धमा रहेको कुरा सार्वजनिक भएपछि समीक्षाले सामाजिक सञ्जालमार्फत सबै कुरा भ्रामक भएको बताएकी थिइन् ।

पछि ती कुरालाई खण्डन गदै वास्विकता अरू नै भएको र आफूले कुनै दिन सबै कुरा सार्वजनिक गर्ने प्रतिबद्धतासमेत जनाएकी थिइन् ।

यसै क्रममा सोमबार पल शाहको एक अडियो सार्वजनिक भयो जसमा पलले समीक्षालाई अस्वीकार गरेको भनाइहरू थिए ।

साथै अर्कोतर्फ समीक्षाको पनि अडियो सार्वजनिक भएको छ ।

जसमा समीक्षाले पल शाहको प्रेममा कसरी फसेँ ? भन्ने कुराको वृतान्त बताएकी छन् ।

यसरी अडियो सामाजिक सञ्जालमा भाइरल नै भएपछि पलले यी सबै कुरा भ्रामक भएको बताएका छन् ।

उनले गायिकालाई कसैले उकास्न लगाएको आरोप पनि लगाएका छन् ।

साथै पलले आफूलाई ‘प्ले ब्वाई’ को उपनाम दिएकोमा आफ्नो गम्भीर ध्यानआकर्षण् भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल लेखेका छन् –‘विगत केही समययता मसँग एक जना गायिकाको नाम जोडेर केही अनलाइन सञ्चारमाध्यमहरूमा ‘रियल हिरो कि प्ले ˗ब्वाई’ भन्ने जस्ता शीर्षक, मेरो अन्य महिला साथीहरूको मञ्जुरी र अनुमतिबिना निजहरूको समेत तस्बिर राखी बनाइएको रिर्पोट र अन्य विभिन्न भ्रामक शीर्षक राखी आपत्तिजनक शब्दहरू प्रयोग गरी तथ्यविहीन लाल्छना लगाएर मेरो तथा निज गायिकाको समेत व्यावसायिक एवम् व्यक्तिगत जीवनमा धक्का पुग्ने गरी प्रकाशित र प्रसारित भएको रिर्पाट, अडियो तथा समाचारहरू प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।’

यस्तै, उनले अनलाइन माध्यमहरूमा प्रकाशित समाचार र अडियो रेकर्डहरू हेर्दा र सुन्दा आफैँ आश्चर्यचकित भएको उल्लेख गरेका छन् ।

‘प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसँग मिलेको जस्तो भएतापनि उक्त आवज मेरो हो भन्नेमा पूर्ण शङ्का छ,’ उनले लेखेका छन्, ‘प्रविधिको कुटिल प्रयोगमार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्नभिन्न ढङ्गबाट प्रयोग गर्न सकिने कुरा सामान्य भइसकेको छ । यहाँ पनि फरक प्रसङ्ग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका संवादहरूलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनुभएका मेरा केही पुरुष सहकर्मी (व्यावसायीक प्रतिस्पर्धी) ले निज गायिकालाई मेरा विरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो । निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरूले उकासेबमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ ।’

यो पनि:

भ्यालेन्टाइन डे स्पेसल : अन्तरजातीय बिहे गरेका जीवन र लक्ष्मीको सङ्घर्ष

प्रकाशित समय: मङ्गलबार १० फाल्गुण, २०७८, ११:५१:५१

सम्बन्धित खबर

सिंहदरबारको नाम फेर्न रास्वपा सांसद ढकालको प्रस्ताव

आईतबार २४ साउन, २०८३
२ हप्ताअघि

सरकारद्वारा २० राजदूत नियुक्तिको तयारी, खुला आवेदनबाट पहिलोपटक सिफारिस हुने

मङ्गलबार १९ साउन, २०८३
३ हप्ताअघि

हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह

आईतबार १७ साउन, २०८३
३ हप्ताअघि

तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए

बिहिबार १४ साउन, २०८३
४ हप्ताअघि

कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग

मङ्गलबार १२ साउन, २०८३
४ हप्ताअघि

प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने

शनिवार ९ साउन, २०८३
१ महिनाअघि
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०