भ्यालेन्टाइन डे स्पेसल : अन्तरजातीय बिहे गरेका जीवन र लक्ष्मीको सङ्घर्ष

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २ फाल्गुण, २०७८
२ वर्षअघि

अन्तरजातीय विवाह गरेका जीवन भट्टराई र लक्ष्मी परियार कलाकारिताको माध्यमबाट सामाजिक कुरीतिका रूपमा रहेको जातीय विभेदविरुद्ध आन्दोलनमा प्रभावकारी भूमिका खेलिरहेका छन् ।

जीवन र लक्षमीले २०७४ सालमा बिहे गरेका हुन् ।

जीवन र लक्ष्मीको भेट एन्टेना फाउन्डेसनले गरेको रेडियो नाटकका क्रममा भेट भयो ।

सुरुमा दिदी–भाइजस्तो सम्बन्धमा भेटिएका उनीहरूको सहकार्यले प्रेम, लिभिङ टुगेदर हुँदै विवाहसम्मको रूप लियो ।

प्रेम हुँदादेखि नै उनीहरूले आफ्नो प्रेमले सफलता पाउला भन्ने सोचेका थिएनन्, तर उनीहरूले २०७४ सालतिर आफ्नो प्रेमलाई विवाहमा रूपान्तरण गरे ।

उनीहरूलाई लाग्थ्यो, शिक्षित समाजले यी जातीय व्यवस्थाका व्यवहार त्याग्छ, जातलाई लिएर विभेद गर्दैन ।

तर अझैसम्म पनि जातलाई लिएर हुने हिंसा बढिरहेको देख्दा अनि आफैँले जातीय रूपमा पाएको असमान व्यवहारका कारण जीवन र लक्ष्मी आजित छन् ।

रेडियो नाटकका क्रममा भेटिएका जीवन र लक्ष्मीले सँगै मण्डला थिएटरमा नाटक सिके ।

नाटक पनि एकसाथ गरे ।

पछि प्रेम बसेपछि दुई वर्ष लिभिङ टुगेदरमा बसे ।

त्यसपछि जीवनले विवाह गर्ने निधो बनाएर लक्ष्मीको घरमा कुरा राखे ।

लक्ष्मीका बुबा पनि अन्तरजातीय विवाह गरेका परिआउने परिस्थितिबारे जानकार थिए ।

लक्ष्मीका बुबाले उनलाई भने, ‘पछि तपाईँविरुद्ध हुने विभेदपूर्ण व्यवहारबाट कसरी उम्कनु हुन्छ ?’

त्यस बेला आत्मविश्वासले भरिपूर्ण जवाफ दिएका जीवन बिहेकै कुरा गर्न आफ्नो घर पुगे ।

आफ्ना बुबालाई लक्ष्मीसँग बिहे गर्न लागेको भन्ने कुरा सुनाएपछि भने उनले नमिठो जवाफ पाए ।

जीवनका बुबाले सामाजिक बाध्यता र पारिवारिक मूल्यमान्यताका कारण अन्तरजातीय विवाह स्वीकार्न नसक्ने जनाए ।

तर जीवनले आफ्नो साहस अझ बलियो बनाएर लक्ष्मीसँग बिहे गरे ।

अहिले जीवनको परिवारले दुवैलाई बहिस्कार गरेको छ, बोलचाल छैन ।

अझै पनि लक्ष्मी र जीवन कलाकारिताबाट होस् वा आफ्नै भोगाइबाट होस् जातीय विभेदलाई जरैबाट हटाउन सङ्घर्ष गरिरहेका छन् ।

यो सङ्घर्षले चाँडै नै सफलता पाउनेमा ढुक्क छन्, उनीहरू ।

हो, अहिलेको समाज शिक्षित छ ।

तर पनि अन्तरजातीय विवाह गरेर जातीय विभेदविरुद्ध आन्दोलनमा सघाउ पुर्याउने अभियन्तालाई अझै उस्तै व्यवहार गरिन्छ, जस्तो व्यवहार अशिक्षित समाजमा हुन्थ्यो ।

आर्थिक सक्षमता, शैक्षिक स्थिति र चेतनाको कमीका कारण जातीय विभेद कायमै छ ।

समाज शिक्षित भए पनि जातीय व्यवस्थालाई बढवा दिँदै आएका व्यक्तिहरू समाजमा रहेका कारण यसविरुद्धको चेतना आउन समय लाग्छ ।

तर कति समय ?

यो प्रश्न समाजप्रति लक्षित गर्दै सबैले सोध्न जरुरी छ ।

प्रकाशित समय: सोमबार २ फाल्गुण, २०७८, १२:४६:३०
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८