वैवाहिक बन्धनमा बाँधिए फुटबलर विशाल

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ फाल्गुण, २०७८
५ वर्षअघि
विशाल

नेपाली राष्ट्रिय पुरुष फुटबल टाेलीका मिडफिल्डर विशाल राई वैवाहिक जीवन बाँधिएका छन् ।

ए डिभिजन क्लब मछिन्द्र फुटबल क्लबका खेलाडी समेत रहेका राईले आज (शुक्रबार) इलामकी रविना गुरुङसँग लगनगाँठाे कसेका हुन् ।

दुई वर्षदेखिको प्रेम सम्बन्धलाई  राई–गुरुङ जाेडीले विवाहमा परिणत गरेका हुन् ।

झापा अर्जुनधारा–११ निवासी विशालले इलाम सन्दकपुर–४ मावोकी रविनासँग विवाह गरेका हुन् ।

दशरथ रंगशालामा मछिन्द्रले लगातार दोस्रो पटक लिगको उपाधि रक्षा गरेका दिन विशाल भने रविनलाई लिन झापाबाट इलाम पुगेका थिए ।

उनी लगातार चौथो पटक लिग च्याम्पियन बन्ने नेपाली खेलाडी समेत हुन् ।

यस सिजन ‘ए’ डिभिजन लिग जितेसँगै मछिन्द्रले लगातार दुई पटक उपाधि आफ्नाे नाममा लेखाएकाे छ ।

मछिन्द्रकाे याे सफलतामा विशालकाे भूमिका महत्वपूर्ण छ । मछिन्द्रसँग लगातार दुई पटक लिग जित्नुअघि उनले त्यहि सफलता मनाङ मस्र्याङ्दी क्लबबाट पनि प्राप्त गरेका छन् ।

विवाहमा सरिक हुन मछिन्द्रका कप्तान सुजलसहित केही खेलाडी झापा पुगेका थिए ।

वैवाहिक बन्धनमा बाँधिएर नयाँ जीवन सुरू गरेका विशाल र उनकी जीवनसँगिनी गुरूङलाई साथीभाइ, आफन्त, समर्थक, फुटबलप्रेमी, खेलाडी, क्लबका अफिसियल र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीहरूले बधाई तथा शुभकामना व्यक्त गरिररहेका छन् ।

प्रकाशित समय: शुक्रबार ६ फाल्गुण, २०७८, २३:१३:४४
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०