धराशायी बन्दै ओमानकाे इनिङ, नाै ओभरमा नै गुमायाे ६ विकेट

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ फाल्गुण, २०७८
५ वर्षअघि
ओमान

सामान्य योगफल पछ्याउँदै नेपालविरुद्ध जवाफी ब्याटिङ सुरु गरेको ओमानले सुरुवाती झट्का बेहोरेको छ ।

आईसिसी टी२० विश्वकप ग्लोबल क्वालिफायरको आफ्नो पहिलो खेल नेपालविरुद्ध खेलिरहेको ओमानले आफ्ना दुई ब्याटरलाई सस्तैमा गुमाए पछि केही दबाबमा देखिएको छ ।

खेलको पहिलो ओभरको तेस्रो बलमा कश्यप प्रजापतीलाई शुन्य रनमा गुमाएको ओमानले दोस्रो विकेटका रुपमा आयान खानलाई पेभिलियनमा पाएको थियो ।

दोस्रो ओभरको पाँचौँ बलमा खान क्याच आउट भएका थिए ।

नेपालका लागि पहिलो विकेट कमलसिंह ऐरीले लिएका हुन् । उनले प्रजापतीलाई दिपेन्द्रसिंहमार्फत क्याच आउट गराएका थिए ।

नेपालले दोस्रो सफलता पनि क्याच आउटकै रुपमा पाएको थियो ।

तीव्र गतिका बलर जितेन्द्र मुखियाले खानलाई आशिफ शेखमार्फत क्याच गराएका थिए ।

ओमानको तेस्रो विकेटका रुपमा आक्रमक ब्याटर जतिन्द्र सिंह पेभिलियन फर्किएका थिए । उनलाई दिपेन्द्रसिंह ऐरीले छैटौँ ओभरमा रन आउट गरेका थिए ।

सिंह १८ बलमा नौ रन बनाएर पेभिलियन फर्किएका थिए ।

नेपालका लागि चौथो सफलता कप्तान सन्दिप लामिछानेले दिलाए ।

उनले खवार अलिलाई बोल्ड आउट गरे । सातौँ ओभरको चौथो बललाई अलिलाई लामिछानेले सात रनमा आउट गरेपछि ओमानको इनिङ धराशायी बनेको थियो ।

नेपालका लागि पाँचौँ सफलता दिपेन्द्रसिंह ऐरीले दिलाए ।

ऐरीले ओमानका कप्तान जिसन मक्सुदलाई कुशल भुर्तेलमार्फत क्याच आउट गराए ।

कप्तान मक्सुद आठौँ ओभरमा आउट हुनुअघि आठ बलको सामना गर्दै मात्र दुई रन बनाएका थिए

शोहेव खानको विकेट लिँदै अविनाश बोहराले नेपाललाई छैटौँ सफलता दिलाए ।

उनले नवौं ओभरको पाँचौ बलमा खानलाई एक रनमा आउट गराए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेलेर एक सय १७ रन बनाएको थियो ।

ओमानजस्तै खराब सुरुवात गरेको नेपालको इनिङ्स आरिफ शेखले सम्हालेका थिए ।

शेखलले नेपालका लागि सर्वाधिक ३८ रन जोडे ।

आफ्ना ६ खेलाडी गुमाएपछि अत्तालिएको ओमानका लागि यतिबेला कप्तान नशिम खुशी र आमिर कलिमले क्रिज सम्हालिरहेका छन् ।

प्रकाशित समय: शुक्रबार ६ फाल्गुण, २०७८, १४:१६:४८
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०