युनाइटेडले शीर्ष चारमा उक्लिने मौका गुमायो

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २६ माघ, २०७८
२ वर्षअघि

सर्वाधिक धेरै पटक इङ्ग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको म्यानचेस्टर युनाइटेड रेलिगेसन जोनमा रहेको बर्नलीसँग बराबरीमा रोकिएको छ ।

मङ्गलबार राति बर्नलीको मैदानमा भएको सो खेलमा १-१ को बराबरीमा रोकिएपछि युनाइटेडले अङ्क बाँडेको छ ।

बर्नलीको घरेलु मैदानमा सुरुआती अग्रता बनाए पनि युनाइटेडले त्यसलाई जोगाउन नसक्दा शीर्ष चारमा उक्लिने मौका गुमाएको हो ।

पल पोग्वाले १८औँ मिनेटमा गरेको गोलसँगै युनाइटेडले अग्रता बनाएको थियो ।

तर घरेलु टोलीका जय रोड्रिगुयजले ४७औँ मिनेट बराबरी गोल गर्दै टोलीको सङ्कट टारे ।

खेलको दोस्रो हाफको ६८औँ मिनेट क्रिस्टियानो रोनाल्डो मैदान प्रवेश गरेपनि कुनै जादु देखाउन सकेनन् ।

बराबरीपछि युनाइटेड २३ खेलबाट ३९ अङ्कसहित पाँचौँ स्थानमा छ ।

बर्नली भने २० खेलबाट १४ अङ्क जोडेर पुछारमा रहेको छ ।

गएराति नै भएको खेलमा न्युक्यासल युनाइटेडले एभर्टनलाई ३-१ गोलले हरायो ।

अर्को खेलमा वेस्ट ह्याम युनाइटेडले वाट्फोर्डलाई १-० ले पराजित गर्दै शीर्ष चारमा उक्लियो ।

लिगमा २३ खेलबाट ५७ अङ्कसहित म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ ।

प्रकाशित समय: बुधबार २६ माघ, २०७८, ०७:३७:२३
इटहरीमा ओलम्पियन्सहरूको वाकाथन
बिहिबार २० ब‌ैशाख, २०८१
ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी हुन विराटनगर आइपुगे ओलम्पिक खेलाडी
बुधबार १९ ब‌ैशाख, २०८१
अर्को सरकार बनाउन नमिल्ने आशयसहित मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई बुझाए पत्र
मङ्गलबार १८ ब‌ैशाख, २०८१
बर्जुका अग्निपीडितलाई राज्यमन्त्री गुरुङको सहयोग
सोमबार १७ ब‌ैशाख, २०८१
अब विराटनगरमै विद्युतीय गाडी उत्पादन हुने
सोमबार १७ ब‌ैशाख, २०८१
ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड
आईतबार १६ ब‌ैशाख, २०८१
विराटनगरमा छ खपिनसक्नुको गर्मी, जनजीवन बन्यो प्रभावित
आईतबार १६ ब‌ैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ सँग १० रनले हार्‍यो नेपाल
आईतबार १६ ब‌ैशाख, २०८१
रंगेली नगरपालिकाले अग्निपीडितहरूको नयाँ घर बनाइदिने
आईतबार १६ ब‌ैशाख, २०८१
सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै
आईतबार १६ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०