एट्लेटिकोविरुद्ध बार्सिलोनाको सानदार जित

१० खेलाडीमा सीमित बार्सिलोनासँग एट्लेटिको ४–२ ले पराजित

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २३ माघ, २०७८
४ वर्षअघि
बार्सिलाेना भर्सेज एट्लेटिकाे

एट्लेटिको मड्रिडलाई ४–२ ले पराजित गर्दै बार्सिलोना ला लिगा अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

रियलले सुरुवाती अग्रता उल्टाउँदै घरेलु मैदान क्याम्प नोउमा बार्सिलोना सानदार जित दर्ता गर्न सफल भएको हो ।

बार्सिलोनालाई जिताउन जोर्डी अल्बा, गाभी, रोनाल्ड आराउखा र डानी आल्भेसले गोल गरे ।

एट्लेटिकोका लागि कारास्को र लुइस स्वारेजले गोल गरे । खेलको सुरुवातमा नै एट्लेटिको मड्रिडले गोल गर्दै अग्रता लिएको थियो ।

एट्लेटिकोका लागि कारास्कोले आठौं मिनेटमा गोल गरेका थिए । तर दुई मिनेट नबित्दै एट्लेटिकोको अग्रतालाई बार्सिलोनाले बराबरी गर्यो ।

पहिलो हाफको १०औं मिनेटमा जोर्डी अल्बाले गोल गर्दै बार्सिलाेनालाई खेलमा फर्काए ।

बार्सिलोनाका लागि दोस्रो गोल गाभीले गरे । २१औं मिनेटमा हेडमार्फत सुन्दर गोल गर्दै गाभीले खेलमा बार्सिलोनालाई अग्रता दिलाए ।

त्यसपछि खेलमा फर्किने प्रयास एट्लेटिकोबाट पटक–पटक भएपनि त्यो सफल भएन ।

पहिलो हाफ सकिन लाग्दै बार्सिलनोले अर्काे गोल थप्यो ।

खेलको ४३औं मिनेटमा रोनाल्ड आराउखो गोल गर्दै बार्सिलोनाले आफ्नो अग्रता दुई गोलले बढायो । फेरान टोरेसको प्रहार पोस्टमा ठोकिएर फर्किएर आएपछिको रिबन्ड बलमा आराउखो गोल गर्न सफल भए ।

पहिलो हाफमा ३–१ को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफको सुरुवातमै अर्काे गोल थप्यो ।

बार्साको लागि चौथो गोल ४९औं मिनेटमा डानी आल्भेसले गरे ।

खेलको ५७औं मिनेटमा टर स्टेगनले सुन्दर सेभ गर्दै एट्लेटिकोको अग्रता कम गर्ने प्रयास विफल बनाए । तर सोही अवसरमा पाएको कर्नर एट्लेटिको गोल गर्न सफल भएको थियो ।

जिमिनेजको हेडर पासमा लुइस स्वारेज गोल गर्न सफल भए ।

६९औं मिनेटमा डानी आल्भेसले रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । बार्सिलोनाको पेनाल्टी क्षेत्र नजिकै उनले कारास्कोको खुट्टामा हिर्काएर लडाएका थिए ।

आजको खेलमा जित हात पारेसँगै एट्लेटिको दुई अङ्कले पछि पार्दै बार्सिलोना ला लिगाको चौथो स्थानमा उक्लिएको छ ।

२२ खेलबाट ५० अङ्क बटुलेको रियल मड्रिड तालिकाको शीर्ष स्थानमा छ ।

रियलभन्दा एक खेल बढि खेलेको सेभिल्ला ४७ अङ्कका साथ दोस्रो स्थानमा रहँदा २२ खेल खेलेको रियल बेटिस ४० अङ्कका साथ ला लिगाको तेस्रो स्थानमा छ ।

प्रकाशित समय: आईतबार २३ माघ, २०७८, २२:५५:०७
घर भत्किएको हेर्न सक्दिनँ’ भनेका व्यक्ति मृत भेटिए
शुक्रबार १८ ब‌ैशाख, २०८३
अफ्रिकाका ५३ देशका लागि चीनको शून्य-कर घोषणा
शुक्रबार १८ ब‌ैशाख, २०८३
धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
अब साइट र बजेट सुनिश्चित नभई ठेक्का लगाउन नपाइने
शुक्रबार १८ ब‌ैशाख, २०८३
बुद्ध जयन्तीकै दिन बल्खुमा गुम्बा र मन्दिरमा डोजर
शुक्रबार १८ ब‌ैशाख, २०८३
सरकारले भन्सार राम्रो गर्ने नाममा नागरिकलाई दुख दिन हुँदैन : सभापति थापा
शुक्रबार १८ ब‌ैशाख, २०८३
अफ्रिकासँग व्यापार बढाउन चीनको ठूलो कदम: ५३ देशका लागि शून्य–ट्यारिफ घोषणा
शुक्रबार १८ ब‌ैशाख, २०८३
‘लुटतन्त्र अन्त्य गरी सुशासन कायम गर्ने सरकारको लक्ष्य’ — अर्थमन्त्री वाग्ले
शुक्रबार १८ ब‌ैशाख, २०८३
आज देशभरका ओपिडी सञ्चालन गर्न सरकारको निर्देशन
शुक्रबार १८ ब‌ैशाख, २०८३
आङ सान सुकीलाई हिरासतबाट नजरबन्दमा सारिँदै , अन्तर्राष्ट्रिय दबाब कम गर्ने संकेत
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०