पुलिस र च्यासलको खेल दोस्रो पटक स्थगित

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २१ माघ, २०७८
४ वर्षअघि
दशरथ रङ्गशाला

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको पुनः स्थगित भएको छ ।

मैदानकाे अवस्था खराब भएका कारण शनिबार (भोलि) हुने तय भएको सो खेल पुनः स्थगित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

एन्फाका अनुसार मैदान भिजेकाे कारण भाेलि हुने खेललाई स्थगित गरिएकाे हाे ।

च्यासलका १९ खेलाडीमा कोरोना सङ्क्रमण भएपछि नवौँ राउन्डको सो खेल स्थगन भएको थियो ।

माघ २ गतेका लागि तय भएको उक्त खेल अन्तिम समयमा स्थगित भएको थियो । खेल शनिबार गर्ने तय भएको भए पनि पुनः सो खेल नहुने एन्फाले जनाएको छ ।

एन्फाले लिगको १०औँ राउन्डदेखिको नयाँ मिति भने सार्वजनिक गरेको छैन ।

लिगमा आठ खेल खेलेको पुलिस अहिले सात अङ्कसहित ११औँ स्थानमा छ । समान खेलबाट पाँच अङ्क बनाएको च्यासल १३औँ स्थानमा छ ।

लिगको शीर्ष स्थानमा रहेको मच्छिन्द्रको २३, दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबको १९ र तेस्रो स्थानमा रहेको आर्मीको १७ अङ्क छ ।

च्यासलपछि अन्तिममा फ्रेन्ड्स क्लब छ । नौ खेलमा एउटै खेल जित्न नसकेको फ्रेन्ड्सको तीन अङ्क छ ।

सातौँ राउन्डसम्मको शीर्ष टोलीले एएफसी कप छनोट खेल खेल्न पाउने एन्फाले राखेको प्रावधानअनुसार मच्छिन्द्र एएफसी कपका लागि छनोट भइसकेको छ ।

प्रकाशित समय: शुक्रबार २१ माघ, २०७८, २१:१९:१७

सम्बन्धित खबर

विश्वकपः समूह ‘सी’ मा स्कटल्यान्डले खाता खोल्यो, ब्राजिल पर्‍यो अफ्ठेरोमा

आईतबार ३१ जेठ, २०८३
२ दिनअघि

विश्वकपमा जर्मनीको नयाँ परीक्षा, इतिहास रच्न तयार कुराकाओ

आईतबार ३१ जेठ, २०८३
२ दिनअघि

विश्वकपअघि इंग्ल्यान्ड टोलीको प्रशिक्षण सामग्री चोरी

शनिवार ३० जेठ, २०८३
३ दिनअघि

विश्वकपमा आज कतार–स्विट्जरल्यान्ड भिड्दै, भोलि बिहान ब्राजिल–मोरक्कोसहित तीन रोचक खेल

शनिवार ३० जेठ, २०८३
३ दिनअघि

विश्वकपमा क्यानडा र बोस्नियाको बराबरी, लारिनले जोगाए घरेलु टोलीलाई

शनिवार ३० जेठ, २०८३
३ दिनअघि

विश्वकपको उद्घाटन खेलमा मेक्सिकोको शानदार जित, तीन रातो कार्डले खेल बन्यो रोमाञ्चक

शुक्रबार २९ जेठ, २०८३
४ दिनअघि
उपाधि दाबेदार मानिएको स्पेन केप भेर्डेसँग बराबरीमा रोकियो
मङ्गलबार २ असार, २०८३
कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै
सोमबार १ असार, २०८३
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०