जितको खडेरी तोड्ने नेपालको लक्ष्य !

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ माघ, २०७८
४ वर्षअघि

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले शनिबार (आज) अफ्रिकी देश मोरिससविरुद्ध पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने सो खेल अपराह्न ४ः४५ बजेबाट सुरु हुनेछ ।

मोरिसस नेपालका लागि आधिकारिक पहिलो अफ्रिकन प्रतिद्वन्द्वी हो ।

नेपालले आफ्नो फुटबल इतिहासमा पहिलो पटक औपचारिक मान्यताप्राप्त आधिकारिक खेलमा कुनै अफ्रिकी देशको सामना गर्न लागेको हो ।

यसअघि नेपालले अफ्रिकी राष्ट्रसँग फुटबल खेलेको थिएन ।

यसअघि नेपालले दुई पटक अफ्रिदी देशसँग खेलेको भएपनि ती दुवै खेल औपचारिक मान्यताप्राप्त भने थिएनन् ।

सन् १९८३ मा नेपालले मलेसियामा भएको मर्डेका कप खेलेको थियो, जसमा उसले अल्जेरिया ११ सँग खेलेको थियो ।

सो खेलमा नेपाल २–० गोलले पराजित भएको थियो ।

यस्तै, सन् २००८ को मर्डेका कपमै नेपालले सिरालियोन यु–२० सँग खेलेको थियो ।

जसमा नेपाल ३–१ ले पराजित भएको थियो ।

मोरिससले एक पटक अफ्रिका कप अफ नेसन्समा सहभागिता जनाइसकेको छ ।

सन् १९७४ मा उक्त प्रतियोगिता खेलेको माेरिससका लागि यो नै ठुलो उपलब्धि हो ।

यता, मोरिससको भने यो दोस्रो दक्षिण एसियाको भ्रमण हो ।

यसअघि उसले सन् २०१७ मा भारतको भ्रमण गरेको थियो, जसमा मोरिसस २-१ गोलले पराजित भएको थियो ।

जितको खडेरी तोड्ने लक्ष्य

नेपालले फिफाबाट मान्यताप्राप्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हात नपारेको ११ वर्ष पूरा हुन लागिसकेको छ ।

पछिल्लो पटक नेपालले सन् २०११ को मार्चमा १९ मा भुटानविरूद्धको मैत्रीपूर्ण खेलमा जित हात पारेको थियो ।

भुटानलाई घरेलु मैदानमा २-१ ले हराएयता नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकाल्न सकेको छैन ।

सोही वर्षको अक्टोबरमा फिलिपिन्ससँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेलेको थियो ।

सो खेलमा नेपाल ४-० ले पराजित भएको थियो ।

भुटानलाई हराएपछि नेपालले २१ वटा आधिकारिक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दा १५ खेलमा हार बेहोरेको छ भने ६ खेल बराबरीमा रोकिएको छ ।

अब, मोरिससविरुद्धको खेलमा भने नेपालले स्पस्ट जितको अपेक्षा राखेको नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठ र कप्तान किरण चेम्जोङले बताएका छन् ।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा सहायक प्रशिक्षक श्रेष्ठले मोरिसससँगको खेलका लागि नेपाली टोली सबै हिसाबले तयार भएको बताए ।

‘पहिलो खेलका लागि हामीले सबै तयारी गरिसकेका छौँ । पुरानो गल्तीहरुलाई सुधार गरेर राम्रो प्रदर्शन गर्नेछौँ । नेपालले यस खेललाई एसियन कप छनोटको तयारीका रुपमा लिएकोको छ,’ प्रशिक्षक श्रेष्ठले भने ।

नेपालले आगामी जुनमा एसियन कप छनोटको तेस्रो चरणका छनोट खेल्दै छ ।

त्यसका लागि नेपाली प्रशिक्षकहरू युवा खेलाडीहरुलाई अहिले प्रयोग गर्ने रणनीतिमा छन् ।

यस्तै, मोरिससका प्रशिक्षक टोनी फ्रानइसले नेपालविरुद्ध राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेको बताए ।

‘हामी साढे दुई वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्दैछौँ । नेपाल बलियो टोली हो । नेपालसँग खेल्न हामीले ४५ दिन मात्र तयारी गरेका छौँ । तरपनि नेपाल विरुद्ध खेल्न त्यति सहज छैन,’ फ्रानइसले भने ।

मोरिससविरुद्ध दुई खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा दुई फरक टोली घोषणा गरिसकेका छन् ।

नयाँ खेलाडीलाई पनि अन्तर्राष्ट्रिय खेलको अनुभव दिने उद्देश्यले अल्मुताइरीले दुई टोली बनाएको बताएका छन् ।

मोरिसससँगको दोस्रो खेल मंगलबार हुनेछ ।

पहिलो खेलका लागि नेपाली टोली :

किरण चेम्जोङ, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्तीमगर सुनिल बल, नितिन थापा, आकाश बुढामगर, कृतिस रत्न छुन्जु र जगजित श्रेष्ठ ।

प्रकाशित समय: शनिवार १५ माघ, २०७८, ११:२०:३९
ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै ‘भरौटे’ले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन
बुधबार १६ ब‌ैशाख, २०८३
मालपोत सेवा सुधारमा नयाँ पहल: मन्त्री रावलद्वारा डिजिटल अनुगमन प्रणाली लागू
बुधबार १६ ब‌ैशाख, २०८३
कांग्रेस राष्ट्रिय सभा सचेतकमा परियार मनोनीत
बुधबार १६ ब‌ैशाख, २०८३
पूर्णबहादुरको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय
बुधबार १६ ब‌ैशाख, २०८३
कान्छारामलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय
बुधबार १६ ब‌ैशाख, २०८३
रास्वपा बैठकमा रवि लामिछानेको निर्देशन: शासन सुधारदेखि सुकुम्बासी व्यवस्थापनसम्म १२ बुँदे मार्गचित्र
बुधबार १६ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलमा नयाँ जिम्मेवारी: वासना थापा प्रमुख सचेतक, निश्कल राई सचेतक नियुक्त
बुधबार १६ ब‌ैशाख, २०८३
२४ घण्टामा २,७२२ चालक कारबाहीमा, २७ लाख बढी राजस्व सङ्कलन
बुधबार १६ ब‌ैशाख, २०८३
महावीर पुनको सम्पत्ति : २८ रोपनी जग्गा,३ तोला सुन र २९ लाख नगद
बुधबार १६ ब‌ैशाख, २०८३
दुई सातामै फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
बुधबार १६ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०