मोरिससविरुद्ध जितका लागि खेल्छौँः कप्तान चेम्जोङ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १४ माघ, २०७८
५ वर्षअघि
माेरिससविरूद्ध जितका लागि खेल्छाैँ

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले मोरिससविरुद्धको मैत्रिपूर्ण खेलमा नेपालले जितका लागि खेल्ने बताएका छन् ।

अफ्रिकी राष्ट्र मोरिससविरुद्धको दुई मैत्रिपूर्ण खेलअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आयोजित पत्रकार सम्मेलनमा कप्तान चेम्जोङले मैत्रिपूर्ण भए पनि जितका लागि खेल्ने बताएका हुन् ।

माल्दिभ्सबाट दुई दिनअघि मात्रै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुन आइपुगेका चेम्जोङले टोलीका सबै खेलाडी मानसिक र शारीरिक रुपमा फिट रहेको बताए ।

दुवै टोलीका सम्पूर्ण खेलाडी ‘ए’ डिभिजन लिगमा खेलिरहेकाले खेलाडीको फिटनेशमा कुनै समस्या नरहेको उनले बताए ।

पत्रकार सम्मेलनमा उपस्थित भएका नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले शारीरिक रुपमा मोरिससका खेलाडी बलियो रहे पनि समग्र टोलीको स्तर भने नेपालको जस्तै रहेको तर्क गरेका छन् ।

मोरिससलाई कसरी लिनुभएको छ भन्ने प्रश्नमा उनले भने, ‘फिजिकल्ली फिट छन् तर नेपाल र मोरिससको स्तर उहीँ हो ।’

दुई टोली बनाएर मोरिससविरुद्ध उतार्नुको मुख्य उद्देश्य धेरे खेलाडीलाई म्याच एक्सपोजर दिनु रहेको समेत प्रशिक्षक श्रेष्ठले बताएका छन् ।

नेपालले माघ १५ र १८ मा मोरिससविरुद्ध दुई मैत्रिपूर्ण खेल खेल्दैछ ।

भोलि (शनिबार) हुने पहिलो मैत्रिपूर्ण खेल दशरथ रङ्गशालामा सवा पाँच बजे सुरु हुँदैछ ।

खेलको कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रकाशित समय: शुक्रबार १४ माघ, २०७८, १५:१४:४९
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०