आहा रारा गोल्डकप : अनुभवी टोलीद्वय मनाङ र आर्मीको भिडन्त आज

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १३ माघ, २०७८
५ वर्षअघि

आहा रारा गोल्डकप फुटबलअन्तर्गत बिहीबार (आज) दोस्रो सेमिफाइनलमा खेल हुँदै छ ।

पोखरामा जारी २०औँ संस्करणको उक्त प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबले खेल्न लागेका हुन् ।

पोखरा रङ्गशालामा हुने यो खेल दिउँसो २ः३० बजे हुने छ ।

यस खेलमा दुवै टिम एकअर्कालाई हराउँदै नेपाल एफिएफसँग भेट पक्का गर्ने दाउमा छन् ।

विभागीय टोली एपिएफ क्लब बुधबार भएको पहिलो सेमिफाइनल खेलमा १० खेलाडीमा सीमित मच्छिन्द्र क्लबलाई ३–१ गोलले हराउँदै उपाधि नजिक पुगेको छ ।

आज आमीसँग भिड्न लागेको मनाङ आहा रारा गोल्डकपको अनुभवी टिम हो ।

मनाङ सर्वाधिक धेरै पटक आहा रारा गोल्डकपको सेमिफाइनलमा पुग्ने टिम पनि हो ।

२०५८ सालबाट सुरु भएको गोल्डकपमा मनाङले २० पटक सेमिफाइनल खेल खेलेको छ ।

उसले २०५८, २०५९, २०६०, २०६१, २०६२, २०६३, २०६६, २०६७, २०६८, २०७०, २०७१, २०७२, २०७३, २०७६ र २०७८ मा अन्तिम चारमा स्थान बनाएको हो ।

आर्मी क्लबले भने नौ पटक सेमिफाइनलमा स्थान बनाएको छ ।

हालसम्म आहा रारा गोल्डकपको उपाधि जित्न नसकेको आर्मीले यसअघि २०६०, २०६५, २०६९, २०७२, २०७३, २०७५, २०७६ मा सेमिफाइनल खेल खेलेको थियो ।

प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित समय: बिहिबार १३ माघ, २०७८, ०६:४२:००
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०