क्याप्टेन इज ब्याक : मैत्रीपूर्ण फुटबल खेल्न स्वदेश फर्किए किरण

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ११ माघ, २०७८
४ वर्षअघि

अफ्रिकी टोली मोरिसससँगको दुई मैत्रीपूर्ण फुटबल खेल्नका लागि राष्ट्रिय टोलीका कप्तान किरण चेमजोङ नेपाल फर्किएका छन् ।

मङ्गलबार साँझ उनी माल्दिभ्सबाट नेपाल फर्किएका हुन् ।

Advertisement

माल्दिभ्सको प्रेसिडेन्ट कप २०२१/२२ को फाइनल खेलेर किरण नेपाल फर्किएका हुन् ।

उनी सम्मेलित माजिया स्पोर्ट्स एन्ड रिक्रिएसन फाइनलमा पराजित भएको थियो ।

अब, किरणले पिसिआर परीक्षण गरेर राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागिता जनाउने छन् ।

नेपालले दशरथ रङ्गशालामा माघ १५ र १८ गते अफ्रिकी देश मोरिसस मैत्रीपूर्ण खेल खेल्दै छ ।

दुवै खेल साँझ ४ः४५ बजे हुनेछ । मैत्रीपूर्ण खेलका लागि मरिसस टोली सोमबार काठमाडौँ आइसकेको छ ।

नेपाली टोली पनि अन्तिम तयारीमा छ ।

अफ्रिकी देश मोरिसस फिफा वरीयतामा एक सय ७२औँ स्थानमा छ । नेपाल एक सय ६९औँ स्थानमा छ ।

मोरिसस नेपालका लागि आधिकारिक पहिलो अफ्रिकन प्रतिद्वन्द्वी हो ।

नेपालले आफ्नो फुटबल इतिहासमा पहिलो पटक औपचारिक मान्यताप्राप्त आधिकारिक खेलमा कुनै अफ्रिकी देशको सामना गर्न लागेको हो ।

यसअघि नेपालले अफ्रिकी राष्ट्रसँग फुटबल खेलेको थिएन ।

यसअघि नेपालले दुई पटक अफ्रिदी देशसँग खेलेको भएपनि ती दुवै खेल औपचारिक मान्यताप्राप्त भने थिएनन् ।

सन् १९८३ मा नेपालले मलेसियामा भएको मर्डेका कप खेलेको थियो, जसमा उसले अल्जेरिया ११ सँग खेलेको थियो ।

सो खेलमा नेपाल २–० गोलले पराजित भएको थियो ।

यस्तै, सन् २००८ को मर्डेका कपमै नेपालले सिरालियोन यु–२० सँग खेलेको थियो ।

जसमा नेपाल ३–१ ले पराजित भएको थियो ।

मोरिससले एक पटक अफ्रिका कप अफ नेसन्समा सहभागिता जनाइसकेको छ ।

सन् १९७४ मा उक्त प्रतियोगिता खेलेको माेरिससका लागि यो नै ठुलो उपलब्धि हो ।

यता, मोरिससको भने यो दोस्रो दक्षिण एसियाको भ्रमण हो ।

यसअघि उसले सन् २०१७ मा भारतको भ्रमण गरेको थियो, जसमा मोरिसस २-१ गोलले पराजित भएको थियो ।

अब, उसले नेपालविरुद्ध कस्तो प्रदर्शन गर्ला ? यो भने प्रतिक्षित विषय बनेको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

आईतबार २१ असार, २०८३
७ घण्टाअघि

विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन टिमको प्रतिस्पर्धा को सँग ?

शनिवार २० असार, २०८३
२ दिनअघि

रोनाल्डो र रामोसको गोलमा पोर्चुगल अन्तिम १६ मा, अब स्पेनसँग भिड्ने

शुक्रबार १९ असार, २०८३
३ दिनअघि

एम्बाप्पेको कीर्तिमानी दुई गोलमा फ्रान्सको जित, प्रि–क्वार्टरफाइनलमा पाराग्वेसँग भिड्ने

बुधबार १७ असार, २०८३
५ दिनअघि

अन्तिम १६ मा नर्वेको भेट ब्राजिलसँग

बुधबार १७ असार, २०८३
५ दिनअघि

पेनाल्टीमा अभागी बन्यो चार पटकको वर्ल्ड च्याम्पियन जर्मनी, पराग्वे अन्तिम १६ मा

मङ्गलबार १६ असार, २०८३
६ दिनअघि
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ४२ कामको सूची
आईतबार २१ असार, २०८३
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
आईतबार २१ असार, २०८३
प्रधानमन्त्री मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै
आईतबार २१ असार, २०८३
मापसे नियन्त्रण अभियान प्रभावकारी, तर सडक सुरक्षामा अझै चुनौती
आईतबार २१ असार, २०८३
आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
आईतबार २१ असार, २०८३
‘प्रणाली सुधार्ने खालको मौद्रिक नीति ल्याउन आवश्यक छ’
आईतबार २१ असार, २०८३
इजरायली प्रधानमन्त्री नेतन्याहु अमेरिका भ्रमणमा जाने
आईतबार २१ असार, २०८३
चिनियाँ उपमन्त्री यान दोङ नेपाल आउँदै
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०