आहा रारा गोल्डकप : पहिलो हाफमा आर्मी र थ्रीस्टारको बराबरी

आहा रारा गोल्डकप

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ११ माघ, २०७८
५ वर्षअघि

आहा रारा गोल्डकपको चौथो क्वाटरफाइनलमा अहिले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र थ्रीस्टार क्लबले खेलिरहेका छन् ।

पोखरा रङ्गशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले एक-अर्काविरुद्ध गोल गर्न सकेका छैनन् ।

यस खेलको विजेता टिमले सेमिफाइनलमा स्थान बनाउने छन् । दुवै टोली गोल्डकपमा अनुभवी टोली हुन् ।

चार पटक उपविजेता बनेको आर्मीले आज पाँच पटक आहा रारा गोल्डकपको उपाधि जितिसकेको थ्रीस्टारलाई सामना गर्दैछ ।

आजको खेलमा थ्रीस्टारलाई पाखा लगाउन सके आर्मीले २०७५ को फाइनलमा भोगेको हारको बदला लिनेछ । निर्धारित समयमा बराबरी भएपछि उपाधि छिनोफानोका लागि भएको टाइब्रेकरमा थ्रीस्टारले बाजी मार्दा आर्मी खाली हात फर्किएको थियो ।

आजको अन्तिम क्वाटरफाइनल जित्ने टोलीले फाइनल प्रवेशका लागि मनाङ मर्स्याङ्दीसँग माघ १३ गते प्रतिस्पर्धा गर्नेछ । नेपाल पुलिस क्लबलाई २–० ले स्तब्ध बनाउँदै मनाङले सेमिफाइनलमा स्थान बनाइसेको छ ।

सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगिताका अन्य दुई सेमिफाइनलिस्ट टोलीका रुपमा नेपाल एपिएफ क्लब र मछिन्द्र क्लब रहेका छन् ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित समय: मङ्गलबार ११ माघ, २०७८, १५:२४:३४
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०