आहा रारा गोल्डकपः सेमिफाइनल पुग्ने चार टाेलीकाे छिनेफानाे आज

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ११ माघ, २०७८
४ वर्षअघि
आहा रारा गोल्डकपको चौथो क्वाटरफाइनलमा आज विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र थ्रीस्टार क्लब भिड्ने

२०औं संस्करणको आहा रारा गोल्डकपको चौथो क्वाटरफाइनलमा आज विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन् ।

पोखरा रङ्गशालामा हुने अन्तिम क्वाटरफाइनल खेल दिउँसो २ः३० बजे सुरु हुँदैछ ।

प्रतियोगिताको आ–आफ्नो पहिलो खेल खेल्न लागेका दुवै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहन्छ । दुवै टोली गोल्डकपमा अनुभवी टोली हुन् ।

चार पटक उपविजेता बनेको आर्मीले आज पाँच पटक आहा रारा गोल्डकपको उपाधि जिति सकेको थ्रीस्टारलाई सामना गर्दैछ ।

आजको खेलमा थ्रीस्टारलाई पाखा लगाउन सके आर्माीले २०७५ को फाइनलमा भोगेको हारको बदला लिनेछ । निर्धारित समयमा बराबरी भएपछि उपाधि छिनोफानोका लागि भएको टाइब्रेकरमा थ्रीस्टारले बाजी मार्दा आर्मी खाली हात फर्किएको थियो ।

आजको अन्तिम क्वाटरफाइनल जित्ने टोलीले फाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दीसँग माघ १३ गते प्रतिस्पर्धा गर्नेछ । नेपाल पुलिस क्लबलाई २–० ले स्तब्ध बनाउँदै मनाङले सेमिफाइनलमा स्थान बनाइसेको छ ।

सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगिताका अन्य दुई सेमिफाइनलिस्ट टोलीका रुपमा नेपाल एपिएफ क्लब र मछिन्द्र क्लब रहेका छन् ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित समय: मङ्गलबार ११ माघ, २०७८, १२:४४:१३
ऊर्जा क्षेत्रमा सुधारका लागि मन्त्री श्रेष्ठका ३२ बुँदे निर्देशन
बिहिबार ३ ब‌ैशाख, २०८३
सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण
बिहिबार ३ ब‌ैशाख, २०८३
कांग्रेसले लेखा समिति सभापति उम्मेदवार खड्कालाई बनाउने
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार
बिहिबार ३ ब‌ैशाख, २०८३
विश्वका २५ प्रभावशाली  नेताहरूको सूचीमा बालेन, डोनाल्ड ट्रम्पदेखि सी चिनफिङ सम्म समावेश
बिहिबार ३ ब‌ैशाख, २०८३
प्रधानमन्त्री बालेन र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज पहिलो संयुक्त छलफल
बिहिबार ३ ब‌ैशाख, २०८३
दाइजो लिने–दिने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
बिहिबार ३ ब‌ैशाख, २०८३
२०६२/६३ देखि २०८२/८३ सम्मका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
बुधबार २ ब‌ैशाख, २०८३
पूर्वमन्त्री खड्काको मुद्दामा अदालतले माग्यो लिखित जवाफ
बुधबार २ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०