जाडो छल्न तापिने आगोकाे धुँवा कति हानिकारक ?

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ११ माघ, २०७८
४ वर्षअघि
जाडाेमा धुँवाकाे असर

चिसो बढेसँगै रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, ब्रोङकाइटिस, दम, श्वासप्रश्वास, पिनास, निमोनियाका बिरामी उच्च हुन्छन् । 

जसकारण मानिसहरी चिसोबाट जोगिन अनेक उपायहरू अपनाउँछन् । त्यसमध्ये एक हो आगो ताप्नु ।

चिसोबाट जोगिन पहाडमा दाउरा बालेर ताप्ने गरिन्छ भने तराई र भित्री मधेसमा पराल, पातपङ्गिर दाउँरा, गुइँठा बाल्ने र ताप्ने गरिन्छ ।

गाउँमा खाना पकाउनका लागि अझै पनि चुलो बाल्ने गरिन्छ । त्यसबाट निस्किएको धुवाँले मानिसहरूमा रोग झन् थप्दै गएको छ ।

यसरी निस्किएको धुवाँले सीधै फोक्सोमा असर गरिरहेको हुन्छ ।

जाडोमा न्यानो हुनु पर्छ, तर आगो बाल्दा तथा हिटरको प्रयोग गर्दा भेन्टिलेसन सिस्टम राम्रो हुनुपर्ने विराट मेडिकल कलेज शिक्षण अस्पतालका कन्सल्टेन्ट पल्मनोलोजिष्ट डाक्टर पुरु कोइराला बताउँछन् ।

‘घरमा आगो बालेर न्यानो हुनु राम्रो हो, तर आगो बाल्दा निस्कने अन्य स्वास्थ्यमा समस्या ल्याउनु भएन’, उनले शब्द एक्सप्रेससँगको कुराकानीमा भने ।

उनका अनुसार खुल्ला वातावरण तथा राम्रो भेन्टिलेसन भएको ठाउँमा आगो बाल्दा खासै कुनै समस्या हुँदैन ।

तर बन्द कोठामा आगो बाल्ने, भेन्टिलेसन राम्रो नहुने हुँदा श्वासप्रश्वासमा समस्या निम्तिन सक्छ ।

झनै आजभोलि त प्लास्टिकसमेत बालेर त्यसको धुँवा र तातो ताप्ने गरिन्छ ।

प्लास्टिकको धुँवा मानव शरीरका लागि निकै हानिकारक हुने डा. कोइरालाको भनाइ छ ।

यसले मानिसमा दमको समस्या, क्यान्सरको समस्या हुने सम्भावनालाई बढाउने उनले बताए ।

लामो समयसम्म यस्तो धुवाँधुलो बातावरणमा बस्दा मानिसमा विभिन्न श्वासप्रश्वासको समस्या निम्तिन सक्ने हुँदा आगो बाल्दा प्लास्टिक, मट्टीतेललगायतका वस्तु बाल्न नहुने उनले सुझाएका छन् ।

उनका अनुसार गाउँघरमा चुलोको धुवाँमा धेरै बसेका धेरैजसो गृहणीहरूलाई दम हुने सम्भावना बढी हुन्छ ।

दमको समस्या धेरैजसो ४० वर्ष कटेपछि देखापर्छ ।

यस्तोमा खोकी लाग्ने, स्याँस्याँ हुने, अलिकति हिँड्दा थालेको जस्तो महसुस हुने, सास बढ्ने जस्तो लक्षण देखिन्छ ।

यसबाहेक धुम्रपान र वायुप्रदुषण पनि दमलगायत श्वासप्रश्वासको समस्या निम्त्याउने मुख्य कारक हुन् ।

प्रकाशित समय: मङ्गलबार ११ माघ, २०७८, १०:१२:०७

सम्बन्धित खबर

स्पेसएक्सको ऐतिहासिक आईपीओपछि एलन मस्क बने विश्वकै पहिलो ट्रिलियन डलरपति

शनिवार ३० जेठ, २०८३
१ घण्टाअघि

मन्त्रिपरिषद्को निर्णय : ३० वर्षपछि थन्किएको रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने

शुक्रबार २९ जेठ, २०८३
१९ घण्टाअघि

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

शुक्रबार २९ जेठ, २०८३
२२ घण्टाअघि

बजेटमा चुहावट भएको भन्दै पुनले मागे संसदीय छानबिन समिति

शुक्रबार २९ जेठ, २०८३
२३ घण्टाअघि

महिला अधिकार र हिंसाविरुद्ध बोल्न सक्ने क्षमता विकासका लागि उद्घोषण तालिम सम्पन्न

शुक्रबार २९ जेठ, २०८३
१ दिनअघि

अशक्त बालकमाथि आफ्नै बुवाबाट अमानवीय व्यवहार, दोषीमाथि कारबाहीको माग

बिहिबार २८ जेठ, २०८३
२ दिनअघि
स्पेसएक्सको ऐतिहासिक आईपीओपछि एलन मस्क बने विश्वकै पहिलो ट्रिलियन डलरपति
शनिवार ३० जेठ, २०८३
विश्वकपमा क्यानडा र बोस्नियाको बराबरी, लारिनले जोगाए घरेलु टोलीलाई
शनिवार ३० जेठ, २०८३
मन्त्रिपरिषद्को निर्णय : ३० वर्षपछि थन्किएको रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने
शुक्रबार २९ जेठ, २०८३
परराष्ट्रमन्त्री खनालको चीन भ्रमणको औपचारिक तालिका सार्वजनिक
शुक्रबार २९ जेठ, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
शुक्रबार २९ जेठ, २०८३
बजेटमा चुहावट भएको भन्दै पुनले मागे संसदीय छानबिन समिति
शुक्रबार २९ जेठ, २०८३
महिला अधिकार र हिंसाविरुद्ध बोल्न सक्ने क्षमता विकासका लागि उद्घोषण तालिम सम्पन्न
शुक्रबार २९ जेठ, २०८३
विश्वकपको उद्घाटन खेलमा मेक्सिकोको शानदार जित, तीन रातो कार्डले खेल बन्यो रोमाञ्चक
शुक्रबार २९ जेठ, २०८३
अशक्त बालकमाथि आफ्नै बुवाबाट अमानवीय व्यवहार, दोषीमाथि कारबाहीको माग
बिहिबार २८ जेठ, २०८३
सरकारले शिक्षा,स्वास्थ्यमा कर लगाएकोमा सत्ता पक्षकै सांसद खरेलले गरे आलोचना
बिहिबार २८ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०