मोरिससको फुटबल टिम भोलि नेपाल आइपुग्ने

खेल खेल्न मोरिससको टिम

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ९ माघ, २०७८
५ वर्षअघि

अफ्रिकी राष्ट्र मोरिससको फुटबल टिम मैत्रीपूर्ण खेल खेल्न सोमबार (भोलि) नेपाल आइपुग्ने भएको छ ।

२९ जनवरी र १ फेब्रुअरीमा हुने सो खेल खेल्न मोरिससको टिम भोलि बिहान काठमाडाैँ आइपुग्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

एन्फाका अनुसार मोरिससको टिम बिहान ११:१५ बजे नेपाल आइपुग्ने छ ।

नेपालले दशरथ रङ्गशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । जसका लागि मङ्गलबारबाट एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाली टिमको बन्द प्रशिक्षण सुरु भएको छ ।

टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ३५ खेलाडीहरूलाई बन्द प्रशिक्षणमा डाकेका छन् । मोरिससविरुद्धको दुई मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

मोरिसस फिफा वरीयतामा नेपालभन्दा तीन स्थान तल छ । नेपाल एक सय ६९औँ स्थानमा रहँदा मोरिसस एक सय ७२औँ स्थानमा छ ।

नेपाली खेलाडीहरू

विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बू, शत्रुघन चौधरी, टिकेन्द्र थापा, आशिष लामा, आयुश घलान, आकाश बुढामगर, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, विमल घर्तीमगर, विशाल राई, दर्शन गरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, क्षितिज रन्त चुन्जु, अनिश डाँगी, नवीन गुरुङ, नीतिश थापा, पुजन उपरकोटी, सुवास गरुङ, सुदीप गरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यू ठकुरी, सुशील राई र तेज तामाङ

प्रकाशित समय: आईतबार ९ माघ, २०७८, १३:३३:३६
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०