सन्दीपले भने : विवाद मिल्यो अब सबै मिलेर देशका लागि खेल्छाैँ

विवाद छलफबाटै समाधान

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ८ माघ, २०७८
४ वर्षअघि

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने स्वदेश फर्किएका छन् ।

अस्ट्रेलियामा जारी बिग वास लिग (बिबिएल) खेलिरहेका सन्दीप बीचमै लिग छाडेर नेपाली राष्ट्रिय टोलीमा सहभागी बन्न शुक्रबार राति नेपाल फर्किएका हुन् ।

सन्दीपले नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) र खेलाडीबीच देखिएको विवाद छलफबाटै समाधान हुनु क्रिकेटका लागि राम्रो पक्ष भएको पनि बताए ।

उनले भने, ‘परिवारको कुरा परिवारभित्रै सल्टिनु राम्रो पक्ष हो । विवाद सल्टिएपछि सबैजना खुसी हुनुहुन्छ । क्रिकेट एउटा टिम हो, एउटै परिवार हो । नेपालको झन्डाभन्दा ठुलो कोही छैन । अब सबैजना मिलेर अगाडि बढ्नेछौँ, देशको लागि खेल्नेछौँ ।’

क्यानले हालै ज्ञानेन्द्र मल्ललाई पदमुक्त गर्दै सन्दीपलाई कप्तान नियुक्त गरेको थियो ।

साथै क्यानले कप्तान मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई २०२२ मा सुरुको ६ महिना केन्द्रीय सम्झौतामा नराख्ने निर्णय पनि गरेको थियो ।

त्यसपछि खेलाडी र क्यानबीचको विवाद थप चर्किएको थियो ।

विवादपछि क्यान खेलाडीमाथिको कारबाही फिर्ता लिन तयार भएको थियो भने खेलाडीहरू सन्दीपलाई कप्तान मान्न तयार भएका थिए । यी सबै घटना चल्दा सन्दीप अस्ट्रेलियामा थिए ।

प्रकाशित समय: शनिवार ८ माघ, २०७८, १२:१२:५५

सम्बन्धित खबर

विश्वकपः समूह ‘सी’ मा स्कटल्यान्डले खाता खोल्यो, ब्राजिल पर्‍यो अफ्ठेरोमा

आईतबार ३१ जेठ, २०८३
१ दिनअघि

विश्वकपमा जर्मनीको नयाँ परीक्षा, इतिहास रच्न तयार कुराकाओ

आईतबार ३१ जेठ, २०८३
१ दिनअघि

विश्वकपअघि इंग्ल्यान्ड टोलीको प्रशिक्षण सामग्री चोरी

शनिवार ३० जेठ, २०८३
२ दिनअघि

विश्वकपमा आज कतार–स्विट्जरल्यान्ड भिड्दै, भोलि बिहान ब्राजिल–मोरक्कोसहित तीन रोचक खेल

शनिवार ३० जेठ, २०८३
२ दिनअघि

विश्वकपमा क्यानडा र बोस्नियाको बराबरी, लारिनले जोगाए घरेलु टोलीलाई

शनिवार ३० जेठ, २०८३
२ दिनअघि

विश्वकपको उद्घाटन खेलमा मेक्सिकोको शानदार जित, तीन रातो कार्डले खेल बन्यो रोमाञ्चक

शुक्रबार २९ जेठ, २०८३
३ दिनअघि
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
‘कांग्रेस व्यवहारिक रुपमा फुटिसक्यो’
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०