विराटनगरमा ५० करोडको लगानी गर्ने लक्ष्यसहित कृषि फर्म, पाँच हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३० पुस, २०७८
५ वर्षअघि

होटल व्यावसायमा लामो समय बिताएका विराटनगरका दुई युवाले आधुनिक कृषि उद्यममा हात हालेका छन् ।
झन्डै आठ करोड रुपैयाँ लगानीमा सञ्जय चापागाईं र गजेन्द्र शर्मा बन्जराले विराटनगर महानगरपालिका–१२ दरैया बस्तीमा बन्जरा एग्रो फार्मको नाममा आधुनिक कृषि उद्यम सञ्चालनमा ल्याएका हुन् ।

चापागाईं र बन्जराले ५० करोड रुपियाँ लगानी गर्ने लक्ष्यसहित बञ्जरा कृषि फार्म स्थापना गरेका हुन् । पहिलो चरणको काम हुँदै गर्दा फार्मले दैनिक आठ लिटर दूध उत्पादन गर्न थालिसकेको छ भने आगामी वैशाखदेखि दैनिक एक हजार ५०० लिटर दूध उत्पादन गर्ने लक्ष्य राखेको छ । फार्ममा २५ देखि ४२ लिटरसम्म दूध दिने होलस्टेन जर्सी गाई छन् ।

आठ महिनाअघि पाँच बिघा जमिनमा सुरु भएको यो फार्मले पहिलो चरणको काम सम्पन्न गर्नासाथ यहाँ उत्पादन हुने दूधलाई आउँदो वैशाखदेखि बोटलिङ गरी बजारमा लैजाने तयारी गरेको सञ्चालक सञ्जय चौलागाईंले जानकारी दिए ।

कृषि फार्मले स्वचालित प्रविधिमा आधारित डेरी उद्योग सञ्चालनको तयारी गरेको छ । गाईलाई घाँस तथा पानी खुवाउने, गोबर सोहोर्ने, दूध दुहुनेजस्ता काम पनि मेसिनबाटै हुने बताइएको छ ।

फार्म पूर्ण रूपमा सञ्चालनमा आएपछि दैनिक पाँच हजार लिटर दूध र ५०० किलोग्राम तरकारी उत्पादन गरी बजारमा पठाउने योजनाअनुसार फार्मले काम गरिरहेको छ । फार्ममा कृषि विषयमा स्नातकोत्तर र स्नातक दुई जनासहित २५ जनाले रोजगारी पाएका छन् ।

युवा जनशक्ति कृषि पेसाबाट विमुख भइरहेका बेला चापागाईं र बन्जराले पेसा परिवर्तन गरी कृषिमा लगानी गर्ने आँट गरेको भन्दै पशु सेवा विभागका उपमहानिर्देशक लेखराज दाहालले सरकार र अन्य सरोकारवालाले प्रोत्साहन गर्नुपर्ने बताए । गाई फार्मको अतिरिक्ति बञ्जरा एग्रोले टनेल खेतीलाई पनि सँगसँगै अगाडि बढाएको छ । टनेलमा विभिन्न जातका बेमौसमी तरकारी लगाइएका छन् ।

दरैयाबस्तीमा ५ बिघा जग्गा खरिद गरेर सुरु गरेको फार्ममा पालिएका गाईलाई फार्म आफैँले उत्पादन गरेको गुणस्तरीय साइलेज खुवाउने गरिएको छ । त्यसका लागि सुनसरीको देवानगञ्जका किसानहरुसँग ५० बिघा खेतमा मकैखेती गर्ने सम्झौता गरेको छ । किसानहरुले वर्षको दुई सिजन मकैखेती गरी साइलेज बनाउन यो फार्मलाई दिने गरेका छन् ।

फार्मले मकै काट्ने र साइलेज बनाउने ‘मोवाइल मेसिन’ किसानको खेतमै पुर्‍याउने गरेको छ । खेतमा रोपेको मकै ८५ औं दिनमा काटेर साइलेज बनाइरहेको र आगामी दिनमा थप क्षेत्रफलका लागि किसानसँग सम्झौता गर्ने तयारी भइरहेको चापागाईँले जानकारी दिए ।

प्रकाशित समय: शुक्रबार ३० पुस, २०७८, १०:३३:४३

सम्बन्धित खबर

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
१ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
४ दिनअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 

आईतबार २१ भदौ, २०८३
२ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
१ महिनाअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०