काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने भएका छन्।
केसीले केहीबेरपछि गृह मन्त्रालयमा फूली लगाएसँगै पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको हो।
सरकारले यसअघि प्रहरी महानिरीक्षक रहेका दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ। कार्कीलाई हटाएपछि केसीलाई नयाँ आईजीपी नियुक्त गरिएको हो।