उपाधि होडमा रियल अगाडि, बनायो आठ अङ्कको अग्रता

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २५ पुस, २०७८
४ वर्षअघि

स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडले भ्यालेन्सियामाथि सहज जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा रियलले भ्यालेन्सियालाई ४–१ गोलले हराएको हो ।

रियललाई जित दिलाउन करिम बेन्जिमा र भिनिसियस जुनियरले दुई–दुई गोल गरे भने भ्यालेन्सियाका गोन्कालो गुइडेसले एक गोल गरे ।

खेलको ४३औँ मिनेटमा रियलले पेनाल्टी पाएको थियो, जसमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । ५२औँ मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई २–० गोलको अग्रता दिलाए ।

६१औँ मिनेटमा भिनिसियसले दोस्रो गोल गर्दै रियलको अग्रता तेब्बर बनाए । ७६औँ मिनेटमा गुइडेसले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने कोसिस गरे । ८८औँ मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ४–१ गोलको जित दिलाए ।

जितसँगै शीर्ष स्थानको रियलले २१ खेलमा ४९ अङ्क जोडेको छ । उसले दोस्रो स्थानको सेभिल्लाभन्दा आठ अङ्कको अग्रता बनाएको छ । १९ खेल खेलेको सेभिल्लाले ४१ अङ्क जोडेको छ ।

प्रकाशित समय: आईतबार २५ पुस, २०७८, ०६:४९:३५
सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय
शुक्रबार ४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्दै, सांसदहरू छलफलमा बोलाइए
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा
शुक्रबार ४ ब‌ैशाख, २०८३
सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड क्षति
शुक्रबार ४ ब‌ैशाख, २०८३
आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराट गोल्ड कप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा
बिहिबार ३ ब‌ैशाख, २०८३
ऊर्जा क्षेत्रमा सुधारका लागि मन्त्री श्रेष्ठका ३२ बुँदे निर्देशन
बिहिबार ३ ब‌ैशाख, २०८३
सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति
बिहिबार ३ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०