नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने टोलीको छिनोफानो आज

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १८ पुस, २०७८
५ वर्षअघि

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एक खेल हुँदै छ । यो एक खेलबाट नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने टोलीको टुङ्गो लाग्नेछ ।

छनोटको दौडमा अहिले सहिद स्मारक ए डिजिभन लिगको शीर्ष टोली मनाङ मर्स्याङ्दी क्लब र दोस्रो स्थानको मछिन्द्र फुटबल क्लबमात्र छन् । एएफसी कप छनोट खेल्न पाउने एएफसी क्लब लाइसेन्सप्राप्त चार नेपाली क्लबमध्ये त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लब भने यसअघि नै छनोटको दौडबाट बाहिरिसकेका छन् ।

आज हुने मछिन्द्र र पुलिसको खेलबाट एएफसी कप खेल्ने टिमको तय हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मछिन्द्रले विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्ने छ । पुलिस र मछिन्द्रबीचको खेल अपराह्न ४:४५ बजे हुनेछ ।

मछिन्द्र हाल ६ खेलमा १४ अङ्क जोडेर दोस्रो स्थानमा छ । पुलिस भने ६ खेलमा ६ अङ्क जोडेर १०औँ स्थानमा छ । यस खेलमा मछिन्द्र जित्नैपर्ने दबाबमा छ । यस खेलमा जित निकालेमा मछिन्द्र शीर्ष स्थानमा उक्लने छ र उसले एएफसी कप छनोट खेल्न पाउने छ ।

तर मछिन्द्रले पुलिसविरुद्ध हार वा बराबरी खेलेमा मनाङ मर्स्याङ्दी एएफसी कपका लागि छनोट हुनेछ । मनाङ सात खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा छ । एएफसी कप छनोट खेल्न सातौँ चरणको खेल सकिँदा शीर्ष स्थानमा उक्लनु पर्नेछ ।

प्रकाशित समय: आईतबार १८ पुस, २०७८, १२:१४:४९
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०