यी हुन् सबैभन्दा धेरै रातो कार्डको सामना गर्ने १० फुटबल खेलाडी !

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ पुस, २०७८
४ वर्षअघि

कहिलेकाहीँ आफूले प्रतिनिधित्व गरेको टिमलाई बचाउन गरिने खराब ट्याकलका कारण र कहिलेकाहीँ विपक्षी खेलाडी भकुरेमा एउटा फुटबलरले रातो कार्ड पाउँछ । त्यसबाहेक पनि अनेकौँ कारण हुन सक्छन् रेफ्रीले रातो कार्ड दिने ।

रेड कार्ड पाउने प्रायः खेलाडी डिफेन्डर हुन्छन् । यसको अर्थ रक्षात्मक खेल्दै गर्दा आफ्नो टिमविरुद्ध गोल गर्ने खेलाडीमाथि फउल र खराब ट्याकल हुन्छ । यसकारण डिफेन्डरले रातो कार्ड पाउने सम्भावना धेरै हुन्छ । र, रक्षात्मक खेल वा झगडालुको कुरामा भने सबैभन्दा अगाडि आउँछन्, स्पेनिस डिफेन्डर सर्जियो रामोस ।

Advertisement

रामोस फुटबल इतिहासका उत्कृष्ट डिफेन्डरमध्येका एक हुन्, जसले आफ्नो टोलीको रक्षा गर्नेमात्र नभएर गोल गर्ने क्षमता पनि राख्छन् । ३५ वर्षीय रामोस सर्वाधिक धेरै गोल गर्ने डिफेन्डरको सूचीमा चौथो स्थानमा आउँछन् ।

तर टोलीको रक्षा गर्नेक्रममा कतिपय स्थानमा झेली नै खेल्नुपर्ने अवस्था आउँछ, कुनै समय झगडै गर्नुपर्ने पनि हुनसक्छ । यस्तो बेलामा रेफ्रीबाट पाउने सजाय पहेँलो कार्डदेखि रातो कार्ड हुन सक्छ । रातो कार्ड भनेको मैदानबाहिर पठाउन दिइन्छ भने पहेँलो कार्ड चेतावनीका साथ दिइन्छ ।

रामोस ती खेलाडी हुन्, जसले हालसम्म सबैभन्दा धेरै रेड कार्ड पाएका छन् । उनी सर्वाधिक धेरै पटक रातो कार्ड पाउने फुटबलर हुन् । सेभिल्लाबाट रियल मड्रिड र त्यहाँबाट हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) खेलिरहेका रामोसले हालसम्म २६ वटा रातो कार्ड पाएका छन् ।

‘झगडालु’ खेलाडी मानिने उनको यो खराब रेकर्ड फराकिलो छ । जबकि, सर्वाधिक धेरै रातो कार्ड खाने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका खेलाडीभन्दा रामोस १० वटा रेड कार्डले अगाडि छन् । उनले अन्तिम रेड कार्ड भने सन् २०२० को फेब्रुअरीमा च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर सिटीविरुद्ध पाएका थिए ।

दोस्रो स्थानमा छन्, थियागो मोटा र फिलिपे मेक्सेस । यी दुवै खेलाडीले समान १६–१६ वटा रातो कार्ड पाएका छन् । गोन्जालो रोड्रिग्वेजले १५ वटा रातो कार्ड पाएका छन् । १४ वटा रातो कार्ड पाउने खेलाडीहरू भने चार जना छन् ।

ज्लाटान इब्राहिमोचि पनि चौथो स्थानमा छन्, ४० वर्षीय इब्राहिमोभिकले २०२०–२१ को सिजनमा दुईवटा रातो कार्ड पाएका थिए । त्यसबाहेक जिउनेच्याम्प, लोपो, मुन्तारी र पिन्जीले पनि १४ वटा रातो कार्ड पाएका छन् । रामोसका क्राइम पार्टनर मानिने पेपे भने टप–१० मा पनि अटाएका छैनन् ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

घानाले गोलरहित बराबरीमा रोक्यो इंग्ल्यान्डलाई, चलेन ह्यारी केनको जादू

बुधबार १० असार, २०८३
९ घण्टाअघि

उज्वेकिस्तानमाथि पोर्चुगलको शानदार जित, रोनाल्डोको रेकर्ड नै रेकर्ड

बुधबार १० असार, २०८३
९ घण्टाअघि

विश्वकपमा पोर्चुगलको दोस्रो परीक्षा, रोनाल्डोलाई रेकर्ड बनाउने मौका

मङ्गलबार ९ असार, २०८३
१ दिनअघि

मेस्सीको कीर्तिमानी दुई गोल, अर्जेन्टिना नकआउट चरणमा

मङ्गलबार ९ असार, २०८३
२ दिनअघि

विश्वकपमा आज पाँच खेल : जापान, स्पेन, बेल्जियम, उरुग्वे र इजिप्ट प्रतिस्पर्धामा

आईतबार ७ असार, २०८३
३ दिनअघि

स्वीडेनको पोस्टमा नेदरल्यान्ड्सको पाँच गोल

आईतबार ७ असार, २०८३
३ दिनअघि
प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित
बुधबार १० असार, २०८३
कोशी प्रदेशकी सांसद् निर्मलालाई पदमुक्त गर्ने तयारी
बुधबार १० असार, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
बुधबार १० असार, २०८३
नेपाल प्रहरीले १५ दिनमा तलब पाउने
बुधबार १० असार, २०८३
प्रदेश खारेज गर्ने रास्वपाको प्रस्तावप्रति जनमत पार्टीको विरोध
बुधबार १० असार, २०८३
कैलालीमा ठूलो परिमाणको खैरो हिरोइनसहित १० जना पक्राउ
बुधबार १० असार, २०८३
हुम्लामा जिप दुर्घटना हुँदा ४ जना घाइते
बुधबार १० असार, २०८३
चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना
बुधबार १० असार, २०८३
कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका
बुधबार १० असार, २०८३
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बुधबार १० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०