विश्वकपको नकआउट चरणमा अर्जेन्टिनासँग केप भेर्डेको ऐतिहासिक भिडन्त

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १३ असार, २०८३
२ महिनाअघि

विराटनगर । फिफा विश्वकप–२०२६ को नकआउट चरण (राउन्ड अफ ३२) मा साविक विजेता अर्जेन्टिनाले पहिलोपटक विश्वकप खेलिरहेको केप भेर्डेसँग प्रतिस्पर्धा गर्ने भएको छ।

समूह ‘एच’ को अन्तिम खेलमा केप भेर्डेले साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि नकआउट चरणमा स्थान सुरक्षित गरेको हो। त्यही समूहको अर्को खेलमा स्पेनले उरुग्वेलाई १–० ले पराजित गर्दै समूह विजेता बनेपछि केप भेर्डे उपविजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गरेको हो।

यससँगै समूह ‘जे’ को विजेता अर्जेन्टिना र समूह ‘एच’ को उपविजेता केप भेर्डेबीच अन्तिम ३२ मा रोमाञ्चक भेट तय भएको छ।

करिब पाँच लाख जनसंख्या भएको सानो अफ्रिकी राष्ट्र केप भेर्डेले आफ्नो पहिलो विश्वकप सहभागितामै नकआउट चरण पुगेर सबैलाई चकित पारेको छ। समूह चरणमा स्पेन, उरुग्वे र साउदी अरेबियाविरुद्ध लगातार तीन बराबरी खेल्दै उसले ऐतिहासिक उपलब्धि हासिल गरेको हो।

यता अर्जेन्टिना भने समूह चरणमै प्रभावशाली प्रदर्शन गर्दै अगाडि बढेको छ। कप्तान लियोनेल मेस्सीको उत्कृष्ट लयका कारण अर्जेन्टिना उपाधि रक्षा अभियानलाई निरन्तरता दिने लक्ष्यमा रहेको छ।

अब विश्व फुटबलका शक्तिशाली राष्ट्र अर्जेन्टिना र ‘सिन्डेरेला टोली’का रूपमा उदाएको केप भेर्डेबीचको यो भिडन्त नकआउट चरणकै सबैभन्दा चासोको खेलमध्ये एक हुने अपेक्षा गरिएको छ।

प्रकाशित समय: शनिवार १३ असार, २०८३, ०९:००:३१
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०