उज्वेकिस्तानमाथि पोर्चुगलको शानदार जित, रोनाल्डोको रेकर्ड नै रेकर्ड

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १० असार, २०८३
३ महिनाअघि

विराटनगर । फिफा विश्वकप २०२६ पोर्चुगलले उज्वेकिस्तानलाई पराजित गर्दै नकआउट चरणको ढोका लगभग खुला गरेको छ ।

ह्युस्टनमा मंगलबार राति भएको समूह ‘के’ को खेलमा पोर्चुगलले उज्वेकिस्तानमाथि ५–० गोलको सानदार जित निकाल्दा कप्तान क्रिस्टियानो रोनाल्डोले रेकर्डमाथि रेकर्ड बनाए ।

Advertisement

पहिलो खेलमा डीआर कंगोसँग १–१ को बराबरीमा रोकिएको पोर्चुगलले दोस्रो खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै आफ्नो वास्तविक शक्ति देखाएको थियो ।

जसमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमै दुई गोल गर्दै आलोचकलाई जवाफ दिए ।

नुनो मेन्डेस र राफाएल लिआओले पनि गोल गरे भने अर्को गोल उज्वेकिस्तानका गोलकिपर अब्दुभोइद नेमातोभको आत्मघाती गोलका रूपमा आयो । पोर्चुगलले खेलभरि दबाब कायम राख्दै १७ वटा प्रहार गरेको थियो ।

रोनाल्डोले बनाए ऐतिहासिक कीर्तिमान

४१ वर्षीय रोनाल्डोले उज्वेकिस्तानविरुद्धको खेलमा गोल गर्दै पुरुष फुटबल इतिहासमा ६ वटा फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने । उनले सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६ गरी लगातार ६ विश्वकपमा गोल गर्ने अद्वितीय उपलब्धि हासिल गरेका हुन् ।

दुई गोलसँगै उनले विश्वकपमा आफ्नो गोल संख्या १० पुर्‍याएका छन् । यससँगै उनले पोर्चुगलका महान स्ट्राइकर युसेबियोको ९ गोलको कीर्तिमान उछिन्दै विश्वकपमा पोर्चुगलका सर्वाधिक गोलकर्ता बनेका छन् ।

त्यसैगरी, यो उनको अन्तर्राष्ट्रिय करियरको २३०औँ खेल थियो, जुन पुरुष फुटबल इतिहासकै सर्वाधिक हो । दुई गोलसँगै उनको अन्तर्राष्ट्रिय गोल संख्या १४५ पुगेको छ ।

डीआर कंगोविरुद्ध गोल गर्न नसकेपछि रोनाल्डोमाथि सुरुआती रोजाइबाट हटाउनुपर्ने आवाज उठेको थियो । तर उज्वेकिस्तानविरुद्ध उनले दुई गोल गर्दै आफू अझै निर्णायक खेलाडी भएको प्रमाणित गरे । खेलपछि उनले “म फर्किएको छु” भन्दै प्रतिक्रिया दिएका थिए ।

विश्वकपको आफ्नो सम्भवतः अन्तिम यात्रामा रहेका रोनाल्डोले फेरि एकपटक इतिहास लेख्दै आफूलाई केवल पोर्चुगलका मात्र होइन, विश्व फुटबलकै महानतम खेलाडीमध्ये एकका रूपमा स्थापित गरिरहेका छन् ।

यो जितसँगै पोर्चुगलको ४ अंक भएको छ र टोली समूह ‘के’ बाट अन्तिम ३२ मा पुग्ने बलियो अवस्थामा पुगेको छ । अब रोबर्टो मार्टिनेजको टोलीले अन्तिम समूह खेलमा कोलम्बियाको सामना गर्नेछ । उता लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान भने प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०