विश्वकपमा आज पाँच खेल : जापान, स्पेन, बेल्जियम, उरुग्वे र इजिप्ट प्रतिस्पर्धामा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ७ असार, २०८३
३ महिनाअघि

एजेन्सी । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार पाँच रोमाञ्चक खेल हुँदैछन् । समूह ‘एफ’, ‘जी’ र ‘एच’ का टोलीहरू मैदान उत्रँदा नकआउट चरणको सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछन् । दोस्रो चरणका यी खेलपछि धेरै टोलीको अन्तिम ३२ (नकआउट) यात्राको दिशा अझ स्पष्ट हुने अपेक्षा गरिएको छ ।

जापान र ट्युनिसियाबीच ऐतिहासिक भिडन्त

Advertisement

समूह ‘एफ’ मा जापान र ट्युनिसियाबीचको खेल विशेष महत्त्वको मानिएको छ । प्रतियोगिताको एक हजारौं विश्वकप खेलका रूपमा समेत रहेको यस भेटमा जापान पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको जापानले ट्युनिसियाविरुद्ध जित निकाल्दै अन्तिम ३२ को यात्रा सहज बनाउने लक्ष्य राखेको छ ।

स्वीडेनसँग ५–१ ले पराजित भएपछि प्रशिक्षक साब्री लामुचीलाई बर्खास्त गरेको ट्युनिसियाले नयाँ प्रशिक्षक हर्भे रेनार्डको नेतृत्वमा पुनरागमनको प्रयास गर्नेछ । टोलीले पहिलो खेलको कमजोर प्रदर्शन सुधार गर्दै अंक जोड्ने दबाबमा मैदान उत्रनेछ ।

जापानले जित निकाले ४ अंकमा पुग्दै समूहमा बलियो स्थिति बनाउनेछ भने ट्युनिसियाका लागि लगातार हारले समूह चरणबाटै बाहिरिने जोखिम बढाउनेछ ।

स्पेनलाई साउदी अरेबियाको चुनौती

समूह ‘एच’ मा स्पेन र साउदी अरेबिया आमनेसामने हुँदैछन् । दुवै टोलीले पहिलो खेल बराबरी खेलेकाले यो खेल जित्ने टोली नकआउट चरण नजिक पुग्नेछ । केबो भर्डेसँग गोलरहित बराबरी खेलेको स्पेनले आक्रमणलाई थप धार दिने उद्देश्यले लमिन यामाललाई सुरुआती रोजाइमा उतार्ने सम्भावना छ ।

यता साउदी अरेबियाले उरुग्वेविरुद्ध निकालेको १–१ को बराबरीपछि उच्च आत्मविश्वासका साथ मैदान उत्रने तयारी गरेको छ । यो खेलमा जित निकाल्ने टोली समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिनेछ भने हार्ने टोली अन्तिम खेलमा दबाबमा पर्नेछ । नकआउट चरणका लागि गोलअन्तर निर्णायक बन्न सक्छ ।

बेल्जियम र इरानबीच बराबरी तोड्ने प्रयास

समूह ‘जी’ का चारै टोलीले पहिलो खेल बराबरी खेलेपछि दोस्रो खेल अझै निर्णायक बनेको छ । बेल्जियम र इरानबीचको विजेताले समूहको शीर्ष स्थानमा उक्लिने अवसर पाउनेछ ।

इजिप्टसँग १–१ को बराबरी खेलेको बेल्जियमले रोमेलु लुकाकुको फिटनेस व्यवस्थापन गर्दै टोली सन्तुलन मिलाउने प्रयास गरेको छ । यता न्युजिल्यान्डसँग २–२ को बराबरी खेलेको इरान पनि महत्वपूर्ण तीन अंकको खोजीमा छ ।

यस खेलको विजेता टोली ४ अंकमा पुगेर नकआउट चरण नजिक पुग्नेछ भने बराबरीले समूहको समीकरण अन्तिम खेलसम्म लम्ब्याउनेछ।

उरुग्वे र केबो भर्डे पहिलो जितको खोजीमा

समूह ‘एच’ मा उरुग्वे र केबो भर्डेबीचको खेल पनि अत्यन्तै रोचक हुने अपेक्षा गरिएको छ । पहिलो खेलमा साउदी अरेबियासँग १–१ को बराबरी खेलेको उरुग्वे जितसहित शीर्ष स्थानको दौडमा रहन चाहन्छ भने स्पेनलाई गोलरहित बराबरीमा रोकेको केबो भर्डे अर्को ठूलो प्रदर्शन दोहोर्‍याउने योजनामा हुनेछ । यस खेलको विजेता टोली समूहमा अग्रस्थानको दाबेदार बन्नेछ भने पराजित टोली अन्तिम खेलअघि दबाबमा पर्नेछ।

न्युजिल्यान्ड र इजिप्टको प्रतिस्पर्धा

समूह ‘जी’ मा न्युजिल्यान्ड र इजिप्ट पनि पहिलो जितको खोजीमा छन् । इरानसँग २–२ को बराबरी खेलेको न्युजिल्यान्ड र बेल्जियमसँग १–१ को बराबरी खेलेको इजिप्टबीचको खेलले समूहको समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ । आज जित निकाल्ने टोली समूहमा मजबुत अवस्थामा पुग्नेछ भने हार्ने टोलीको नकआउट यात्रा कठिन बन्न सक्छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०