संघर्षपूर्ण जित: नेपालले यूएईलाई ६ रनले हरायो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १८ ब‌ैशाख, २०८३
६ महिनाअघि

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीले यूएई राष्ट्रिय क्रिकेट टोली माथि ६ रनको रोमाञ्चक जित निकाल्दै आईसीसी क्रिकेट विश्वकप लिग–२अन्तर्गतको घरेलु सिरिजमा महत्वपूर्ण सफलता हात पारेको छ।

वर्षाका कारण डीएल मेथडअनुसार ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले ८ विकेट गुमाएर २४८ रन मात्र बनाउन सक्यो।

Advertisement

यूएईका लागि मोहम्मद शाहदादले ६५ रन बनाउँदै संघर्ष गरे। उनले हर्पित सिंहसँग तेस्रो विकेटका लागि ८० रनको साझेदारी गरेका थिए। सिंहले ४१ रन बनाए भने आर्यशं शर्मा (३३), अदीब उसमानी (१४), मोहम्मद जुहैब (१) र कप्तान मोहम्मद वासिम (०) सस्तैमा आउट भए। खैजइमा विन तन्विरले २६ बलमा ४९ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।

नेपालका लागि सन्दीप लामिछाने ले ३ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले दुई–दुई विकेट लिए भने अन्य एक विकेट पनि नेपालकै पक्षमा गयो।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको थियो।

नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट शतक प्रहार गर्दै ९४ बलमा १०० रन बनाए। उनले १३ चौका र एक छक्का प्रहार गरे। विनोद भण्डारीले कमब्याक खेलमै ५६ रनको योगदान दिँदै अर्धशतक बनाए।

गुल्सन झा (४४), कप्तान रोहित पौडेल (३९), अर्जुन कुमाल (११), आरिफ शेख (११) र भीम सार्की (०) रनमा आउट भए। सोमपाल कामी शून्य रनमा अविजित रहे।

यूएईका अजय कुमार र जुनैद सिद्दिकीले २–२ विकेट लिए भने हैदर अली र खैजइमा विन तन्विरले एक–एक विकेट हात पारे।

अब नेपालले आफ्नो चौथो खेलमा मंगलबार ओमान राष्ट्रिय क्रिकेट टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०