संघर्षपूर्ण जित: नेपालले यूएईलाई ६ रनले हरायो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १८ ब‌ैशाख, २०८३
४ महिनाअघि

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीले यूएई राष्ट्रिय क्रिकेट टोली माथि ६ रनको रोमाञ्चक जित निकाल्दै आईसीसी क्रिकेट विश्वकप लिग–२अन्तर्गतको घरेलु सिरिजमा महत्वपूर्ण सफलता हात पारेको छ।

वर्षाका कारण डीएल मेथडअनुसार ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले ८ विकेट गुमाएर २४८ रन मात्र बनाउन सक्यो।

यूएईका लागि मोहम्मद शाहदादले ६५ रन बनाउँदै संघर्ष गरे। उनले हर्पित सिंहसँग तेस्रो विकेटका लागि ८० रनको साझेदारी गरेका थिए। सिंहले ४१ रन बनाए भने आर्यशं शर्मा (३३), अदीब उसमानी (१४), मोहम्मद जुहैब (१) र कप्तान मोहम्मद वासिम (०) सस्तैमा आउट भए। खैजइमा विन तन्विरले २६ बलमा ४९ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।

नेपालका लागि सन्दीप लामिछाने ले ३ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले दुई–दुई विकेट लिए भने अन्य एक विकेट पनि नेपालकै पक्षमा गयो।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको थियो।

नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट शतक प्रहार गर्दै ९४ बलमा १०० रन बनाए। उनले १३ चौका र एक छक्का प्रहार गरे। विनोद भण्डारीले कमब्याक खेलमै ५६ रनको योगदान दिँदै अर्धशतक बनाए।

गुल्सन झा (४४), कप्तान रोहित पौडेल (३९), अर्जुन कुमाल (११), आरिफ शेख (११) र भीम सार्की (०) रनमा आउट भए। सोमपाल कामी शून्य रनमा अविजित रहे।

यूएईका अजय कुमार र जुनैद सिद्दिकीले २–२ विकेट लिए भने हैदर अली र खैजइमा विन तन्विरले एक–एक विकेट हात पारे।

अब नेपालले आफ्नो चौथो खेलमा मंगलबार ओमान राष्ट्रिय क्रिकेट टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित समय: शुक्रबार १८ ब‌ैशाख, २०८३, १८:३६:०२

सम्बन्धित खबर

सन्दीप लामिछाने एकदिवसीय टीमका कप्तान नियुक्त

मङ्गलबार २६ साउन, २०८३
१ हप्ताअघि

सिंहदरबारको नाम फेर्न रास्वपा सांसद ढकालको प्रस्ताव

आईतबार २४ साउन, २०८३
१ हप्ताअघि

सरकारद्वारा २० राजदूत नियुक्तिको तयारी, खुला आवेदनबाट पहिलोपटक सिफारिस हुने

मङ्गलबार १९ साउन, २०८३
२ हप्ताअघि

इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी

आईतबार १७ साउन, २०८३
२ हप्ताअघि

तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए

बिहिबार १४ साउन, २०८३
३ हप्ताअघि

कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग

मङ्गलबार १२ साउन, २०८३
३ हप्ताअघि
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०