सानो गल्तीमा पनि श्रेयसले तिर्नुपर्ने भयो १२ लाख रुपैयाँ

माधव काफ्ले
बुधबार १८ चैत, २०८२
७ महिनाअघि

विराटनगर । हाल जारी १९औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार राति पञ्जाब किंग्स र गुजरात टाइटन्सबीच रोमाञ्चक प्रतिस्पर्धा भयो । जारी आइपिएलको चौथो म्याचमा डिफेन्डिङ च्याम्पियन पञ्जाबले गुजरातमाथि ३ विकेटको जित दर्ता गर्‍यो ।

चन्दीगढको न्यू इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा गुजरातलाई हराउँदै पञ्जाबले पहिलो जित दर्ता गरी सुखद सुरुआत गर्‍यो । तर, पञ्जाबका कप्तान श्रेयस अय्यरका लागि भने यो खेल सुखद् रहेन । श्रेयसले नेतृत्व गरेको टोलीले जित निकाल्दा उनीमाथि भने १२ लाख रुपैयाँको जरिवाना तिर्नुपर्‍यो । त्यो पनि गुजरातसँगको खेलका क्रममा गरेको एउटा सानो गल्तीका कारण ।

Advertisement

भारतीय क्रिकेट बोर्डले पञ्जाबका स्टार ब्याट्म्यान श्रेयसमाथि १२ लाख रुपैयाँको जरिवाना तोकेको हो । गुजरात टाइटान्सविरुद्ध स्लो ओभर रेटका लागि बिसिसिआईले उक्त कारबाही गरेको हो । आइपिएलले विज्ञप्ति गर्दै आफ्नो आचार संहिताविपरीत कार्य गरेको भन्दै श्रेयसलाई कारबाही गरिएको जनाएको छ ।

श्रेयसले जारी सिजनमा पहिलोपटक यो नियम उल्लंघन गरेका हुन् । अघिल्लो सिजनमा पनि उनीमाथि बिसिसिआईले स्लो ओभर रेटका लागि नै सजाय दिएको थियो । एक पटक मात्र नभएर लगातार दोस्रो पटक श्रेयस कारबाहीमा परेका हुन् । पहिलो पटक १२ लाखको जरिवाना तोकेको उनले दोस्रो पटक २४ लाख तिर्नुपरेको थियो ।

स्मरण होस्, विकेट किपर तथा ब्याट्सम्यान ऋषभ पन्तमाथि २०२४ को आइपिएलमा लगातार तीन पटक स्लो ओभर रेटका कारण एक खेलमा प्रतिबन्ध लागेको थियो । साथै, उनले ३० लाख रुपैयाँ जरिवाना पनि तिर्नु परेको थियो । त्यसबेला पन्त दिल्ली क्यापिटल्सका कप्तान थिए, जबकि यो सिजन उनले लखनउ सुपर जाइन्ट्सको नेतृत्व गरिरहेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०