सानो गल्तीमा पनि श्रेयसले तिर्नुपर्ने भयो १२ लाख रुपैयाँ

माधव काफ्ले
बुधबार १८ चैत, २०८२
५ महिनाअघि

विराटनगर । हाल जारी १९औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार राति पञ्जाब किंग्स र गुजरात टाइटन्सबीच रोमाञ्चक प्रतिस्पर्धा भयो । जारी आइपिएलको चौथो म्याचमा डिफेन्डिङ च्याम्पियन पञ्जाबले गुजरातमाथि ३ विकेटको जित दर्ता गर्‍यो ।

चन्दीगढको न्यू इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा गुजरातलाई हराउँदै पञ्जाबले पहिलो जित दर्ता गरी सुखद सुरुआत गर्‍यो । तर, पञ्जाबका कप्तान श्रेयस अय्यरका लागि भने यो खेल सुखद् रहेन । श्रेयसले नेतृत्व गरेको टोलीले जित निकाल्दा उनीमाथि भने १२ लाख रुपैयाँको जरिवाना तिर्नुपर्‍यो । त्यो पनि गुजरातसँगको खेलका क्रममा गरेको एउटा सानो गल्तीका कारण ।

भारतीय क्रिकेट बोर्डले पञ्जाबका स्टार ब्याट्म्यान श्रेयसमाथि १२ लाख रुपैयाँको जरिवाना तोकेको हो । गुजरात टाइटान्सविरुद्ध स्लो ओभर रेटका लागि बिसिसिआईले उक्त कारबाही गरेको हो । आइपिएलले विज्ञप्ति गर्दै आफ्नो आचार संहिताविपरीत कार्य गरेको भन्दै श्रेयसलाई कारबाही गरिएको जनाएको छ ।

श्रेयसले जारी सिजनमा पहिलोपटक यो नियम उल्लंघन गरेका हुन् । अघिल्लो सिजनमा पनि उनीमाथि बिसिसिआईले स्लो ओभर रेटका लागि नै सजाय दिएको थियो । एक पटक मात्र नभएर लगातार दोस्रो पटक श्रेयस कारबाहीमा परेका हुन् । पहिलो पटक १२ लाखको जरिवाना तोकेको उनले दोस्रो पटक २४ लाख तिर्नुपरेको थियो ।

स्मरण होस्, विकेट किपर तथा ब्याट्सम्यान ऋषभ पन्तमाथि २०२४ को आइपिएलमा लगातार तीन पटक स्लो ओभर रेटका कारण एक खेलमा प्रतिबन्ध लागेको थियो । साथै, उनले ३० लाख रुपैयाँ जरिवाना पनि तिर्नु परेको थियो । त्यसबेला पन्त दिल्ली क्यापिटल्सका कप्तान थिए, जबकि यो सिजन उनले लखनउ सुपर जाइन्ट्सको नेतृत्व गरिरहेका छन् ।

प्रकाशित समय: बुधबार १८ चैत, २०८२, १२:१७:१४
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०