‘अनिल–मीन’ ट्रफीमा सुनसरीको शानदार जित, सिरिज बराबरी

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ चैत, २०८२
६ महिनाअघि

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन को आयोजनामा पहिलो पटक सम्पन्न ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगितामा सुनसरी विजयी भएको छ।

विराटनगरस्थित मेरिलेबन ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको दोस्रो खेलमा सुनसरीले मोरङलाई २१ रनले पराजित गर्दै सिरिज १–१ को बराबरीमा ल्याएको हो। अब निर्णायक खेल शनिबार हुने आयोजकले जनाएको छ।

Advertisement

टस जितेर ब्याटिङ गरेको सुनसरी ३४.४ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनमा समेटिएको थियो। सुनसरीका आशिष मण्डलले २५ रन बनाउँदा रोशन घिमिरेले १६, अफान ताहिरले १३ र आकाश सर्राफले १० रन जोडे। मोरङका कृष शर्माले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए भने कृतिक कामतले ३ तथा महबुव इराकी र अमर यादवले १–१ विकेट लिए।

१०३ रनको सामान्य लक्ष्य पछ्याएको मोरङ २३.२ ओभरमा ८१ रनमै अलआउट भयो। मोरङका अटल साहले अविजित २२ रन बनाउँदा आइन्सटाइन रिजालले १३ रन योगदान दिए।

सुनसरीका कविराज खत्रीले ५ विकेट लिँदै ‘प्लेयर अफ द म्याच’ बने भने रविन मण्डलले ३ विकेट लिए।

‘वेष्ट अफ थ्री’ आधारमा भइरहेको ५० ओभरको यो सिरिजको विजेता अब अन्तिम खेलबाट टुंगो लाग्नेछ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०