उच्च कारोबारबीच नेप्से घटेर बन्द, २१ अर्बभन्दा बढीको शेयर किनबेच

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २६ फाल्गुण, २०८२
७ महिनाअघि

काठमाडौं — मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन कुल २१ अर्ब ५० करोड २० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ, जुन पछिल्लो ८ महिनायताकै उच्च कारोबार रकम हो।

यसअघि २०८२ साउन ५ गते २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। मंगलबार नेप्से ३२.०८ अंकले घटेर २८४३.३५ विन्दुमा झरेको छ। प्रतिनिधिसभा निर्वाचनपछि दोस्रो कारोबार दिन बजार घटेर बन्द भएको हो।

Advertisement

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.८९ अंक, फ्लोट इन्डेक्स १.१२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१४ अंक घटेको छ।

यसअघि सोमबार भने नेप्सेमा तीन सर्किट ब्रेक लागेर बजार समयअगावै बन्द भएको थियो। सोमबार नेप्से १६२.९३ अंक बढेर २८७५.४३ विन्दु पुगेको थियो। निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी ले स्पष्ट बहुमत ल्याउने संकेत देखिएपछि लगानीकर्तामा उत्साह बढेको थियो।

मंगलबार रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंक को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै थ्रि स्टार हाइड्रोपावर को शेयर मूल्य ९.०८ प्रतिशत र कालिका पावर हाइड्रोपावर कम्पनी को शेयर ८ प्रतिशतभन्दा बढी बढेको छ।

सबैभन्दा बढी घट्ने कम्पनीमा हिम स्टार कम्पनी परेको छ, जसको शेयर मूल्य ६.३६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा न्यादी ग्रुप पावर कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १ अर्ब ९ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि आँखुखोला हाइड्रोपावर को ६९ करोड ६४ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढ्दा १० उपसमूह घटेका छन्। म्युचुअल फण्ड उपसमूह १.३४ प्रतिशतले बढेको छ भने जीवन बीमा र निर्जीवन बीमा उपसमूह सामान्य बढेका छन्।

त्यसैगरी व्यापार उपसमूह २.१२ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावट आएको छ। फाइनान्स २.०६ प्रतिशत घटेको छ भने बैंकिङ, विकास बैंक, होटल, लगानी तथा अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढी घटेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा

सोमबार १२ असोज, २०८३
१ हप्ताअघि

सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार

शुक्रबार ९ असोज, २०८३
२ हप्ताअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
२ हप्ताअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
३ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
४ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
२ महिनाअघि
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०