सहकारी छामिखाने र युट्युबसिंह फत्तेको खत्रा कुराकानी

फत्तेकुमार
सोमबार ४ फाल्गुण, २०८२
६ महिनाअघि

बनस्थली, घण्टीघर । मुलधारे १२ भाई पत्रकारसंग ज्यानी दुष्मनी कमाएका सहकारी छामिखानेलाई तीनले बाल मतलब नराख्ने कुरा त सर्बविधितै छ । यसर्थ छामिखानेको भोपु बजाउने पनि ’हवस् माजिक’ सञ्जाल नै हो । जेलबाट छुटेर यतिका दिनसम्म उथुलपुथुल गरिसकेका छामिखानेको अन्तरंग बाहिर ल्याउन हवस माजिक सञ्जाल जरुरी हुनु स्वभाविकै थियो ।

यस्तै कुराको पोयो थाहा पाएर ’युट्युबसिं फत्ते डटकम’ ले छामिखानेको डेन्जर माने खत्रा ’हन्टरवार्ता’ लिने सोच बनाएकै थियो । उता बनस्थली घण्टीघरबाट हण्टरवार्ताको लागि घण्टी आयो । यता ’युट्युबसिं फत्ते डटकम’ले पनि तुरुन्तका तु दौडिदत्त गर्ने मनसुबा बनाइ हाल्यो । प्रस्तुत हण्टरवार्ता ’युट्युबसिं फत्ते डटकम’का प्रधान डन युट्युबसिं फत्ते र छामिखानेबिच भएको हो । विषय वा प्रसंगले अर्को अर्थ लागेमा लागिरहोस । हण्टरवार्ताको जिवन्त बोलबचन तपशिलमा छ :

युट्युबसिं फत्ते : नमस्ते ; सहकारी छामिखाने जी ।

छामिखाने : मेरो नाम किन बिगारेको ? देखाउनु नपरोस !

युट्युबसिं : आधा दर्जन सहकारी छाम्दै खाएकोले होला जनता जनार्दनले सहकारी छामिखाने भन्छन । अनि मैले पनि जनताकै भाका बोलेको । देखाउन चैं के बाँकी छ र फेरी के देखाउने भनेको ?

छामिखाने : देखाउँछु ! देखाउँछु ! हेर्दै जानु के के देखाउँछु ? ’बा’, दाजु, भाउजु, सबैलाइ नदेखाइ भकै छैन । अहिलेको त कास्टिङ् मात्रै हो । पुरै फिलिम देखाएर चिलिम बनाउँछु । ठुलो खाल्डो खनेका छन रे सबैलाइ तेसैमा पुरेर देखाइ दिन्छु ।

युट्युबसिं : जोती मगरले चिल्ला सेता, केराका थाम जत्रा साँप्रा देखाउँदा पो जेन्जी, जेन वाइ, जेन एक्स, बेबी बुमर्स, र ’बा’ लगायतका साइलेण्ट जेनेरेसन लट्ठै परेका थिए । तिम्रो भुत्ले साँप्रा कस्ले हेर्छ ? छि……छि……छि । नाम्सु । देखाउनु पर्दैन । अर्को कुरा तिम्ले भनेका मान्छे सबै डढाउनु पर्ने मृत्यु संस्कारका हुन । गाड्ने चलन छैन । गाड्ने चलन भएकाहरु त जनजाति मात्र हुन ।

छामिखाने : मेरो साँप्रा हेर्न इच्छुकहर्ले हाम्रो परम्परागत सांस्कृतिक परम्परा अनुसार हेरिसकेका छन । मैले त देशकै राजखानी देखाउँछु भनेको हो । डढाउनु पर्ने हो भने पनि तैयार छु । चितवनमा मुढा सकिएको छैन ।

युट्युबसिं : खसी, बोका, साँढे, राँगा, सुँगुर, भेडा, बनेलको राजखानी त देखेको हो । देशकै राजखानी चैं कस्तो हुन्छ ?

छामिखाने : हाम्रो निर्देशक सिद्धान्त नै राजखानी देखाउने हो । राजखानी घण्टी विचारधारा अन्तरगतको कुरा हो । यो विचारधाराले भन्छ : जो कोही थान्कोमा बसुन । दुई तिहाइको फुँइ तिहाइ नदेखाउन । सबैको पाखुराको बोसो, नसो र घाँटीको धर्नासो देख्याछु । १२ भाइको चोचोमोचो तीनका तिघ्रा र छेपारी सब हिसाब किताब गरेको छु । अस्ति असत्तीहर्को प्रतिषोधले नक्खु भित्र हुलेका थिए । तेसैले सिक्तेल बाबैले हेलिकोप्टरमा ’बा’. दाइ, भाउजुहर्लाइ भगाए । अब म बाहिर आइसकेको छु । हेलिकोप्टरमा झुण्डेर भाग्न खोज्यौ भने झुण्डिने डोरी पनि काटेर झार्दिन्छु । राजखानी देखाउने भनेको यहि रणनीति हो ।

युट्युबसिं : यसरी कन्दनी चुँडिने गरी खोकेपछि फेरी भित्रै जाकि देलान नी ?

छामिखाने : जेल भित्र बाहिर त गर्दै गरुँला । कहिले सिंहदरबार कहिले कारागार । पहिले भरतपुर तेसपछि हस्तिनापुर।

युट्युबसिं : तीन कलोड धरौटी बुझाएर बाहिर निस्केको हैन ? तेहीपनि हर्केले कहाँबाट ल्यायो तेत्रो पैसा छामिखानेले भनेर सोधीखोजी गर्दै थियो । जन्ता जान्न चाहान्छन है । लु भनुँ त ।

छामिखाने : त्यो ढुङ्गागिट्टी कुट्ने हर्केलाइ के थाहा ? तेस्लाइ त चाराना, आठाना मात्र थाहा हुन्छ । मैले त अम्रिकामा डलरमा खेलेको छु । डलरमा खाको छु । डलर ओछ्याएर सुतेको छु । डलर मै नेपाल अम्रिका उडेको छु । सहकारीमा डलर कसरी जम्मा हुन्छ ? कसरी निकाल्नु पर्छ, त्यो पाखेलाइ के थाहा ? म जस्तो काँठे हुनुपर्छ थाहा पाउन ।

युट्युबसिं : अब के ’अर्ने’ विचार छ ? बालेनलाई बाल नदिने भन्दै थियौ तर प्रधान मन्त्री नै बनाउने भएछौ । के अर्न खोजेको हउ ? (पश्चिम नेपाल तीर ’गर्ने’ शब्दलाइ ’अर्ने’ शब्द प्रयोग गर्ने भएकाले फत्तेले पनि उतैको भाका टिपेर सोधे)

छामिखाने : बालेनलाई लुसिफर भन्छन मैले भष्मासुरसंग भिड्न मुसाफिर बनाएको हुँ । अब लडेको लड्यै ’अर्ने’ (गर्ने) हो । कैले सिंहदरबार कैले नक्खु कारागार । भरतपुर अनि हस्तिनापुर । रवि दाई हुँ, रवि दाई । रवि दाई, जेन्जी भाई : हाई हाई !!!

प्रकाशित समय: सोमबार ४ फाल्गुण, २०८२, १५:०३:३९
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग
बिहिबार २८ साउन, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिने
बुधबार २७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०