बालेनसँग एकाएक किन आक्रामक भइन् सुशीला कार्की ?

नगेन्द खड्का
आईतबार २७ ब‌ैशाख, २०८३
४ महिनाअघि

निवर्तमान प्रधानमन्त्री शुसिला कार्की र वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीचको सम्बन्ध पछिल्लो समय चिसिएको चर्चा यतिबेला सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म भइरहेको छ।
एक समय बालेनका बारेमा खुलेर प्रशंसा गर्ने कार्की अहिले भने सार्वजनिक रूपमा खरो रूपमा आलोचनामा उत्रिन थालेकी छन्। शनिवार आयोजित कानुन दिवसको कार्यक्रममा पत्रकार दिवाकर साहले उनलाई “आमा” भनेर सम्बोधन गर्दा कार्कीले “मलाई आमा नभन, अब बालेनकी श्रीमतीलाई आमा भन्नु” भन्ने प्रतिक्रिया दिएकी भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
प्रधानमन्त्रीको सपथ ग्रहणपछि बालेन र कार्कीले एकअर्कालाई अङ्कमाल गर्दै खुसी साटासाट गरेको दृश्य निकै चर्चित बनेको थियो। युवापुस्ताले त्यसलाई “नयाँ पुस्ता र पुरानो पुस्ताबीचको विश्वास” भन्दै प्रशंसा गरेका थिए। त्यसबेला धेरैले उनीहरूलाई “आमा–छोरा” को सम्बन्धजस्तै निकट मानेका थिए। सामाजिक सञ्जालमा समेत खुलेर बालेनले आमा भनेर सम्बोधन गर्ने गरेका थिए । त्यसलाई कार्कीले समेत स्वीकार गरेको कुरा जनजाहेर नै छ ।
तर पछिल्लो समय भने उनीहरूबीच दूरी बढेको देख्न सकिन्छ। यसको चर्चा अहिले सामाजिक सञ्जालभरी व्याप्त भइरहेको छ। यसको मुख्य कारण प्रधानन्यायाधीश नियुक्ति सिफारिसलाई मानिएको छ। संवैधानिक परिषद्ले वरिष्ठताक्रम मिचेर चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि कार्की असन्तुष्ट बनेकी बताइन्छ। त्यसपछि उनले सार्वजनिक कार्यक्रममा समेत बालेनप्रति कटाक्ष गर्न थालेकी थिइन्।
कार्कीले एक कार्यक्रममा “एउटी महिलामाथि लात हान्ने प्रवृत्ति राम्रो होइन, त्यसको फल एकदिन भोग्नुपर्छ” भन्दै सार्वजनीक रूपमा बालेनको आलोचना गरेकी थिइन्। सुकुम्बासी बस्तीमा डोजर चलाएको विषयमा पनि उनले बालेनलाई “दयामाया नभएको मान्छे” जस्तो टिप्पणी गरेको चर्चा भएको थियो।
यसैबीच, सामाजिक सञ्जालमा अर्को चर्चा पनि चलिरहेको छ। कतिपयले बालेनले कार्कीलाई राष्ट्रपति बन्नबाट रोक्न भूमिका खेलेको भन्दै त्यसकै कारण उनी रिसाएको दाबी गरिरहेका छन्। यद्यपि, यसको कुनै आधिकारिक पुष्टि भएको छैन।
त्यस्तै, प्रधानमन्त्री हुँदा कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गरेकी थिइन्। पछि बालेन सरकारले अध्यादेश ल्याएर उक्त पद खारेज गरेपछि पनि कार्की असन्तुष्ट बनेको चर्चा छ।
यता सामाजिक सञ्जालमा कार्कीको पछिल्लो अभिव्यक्तिप्रति विभिन्न टीकाटिप्पणी भइरहेको छ धेरैले पूर्व प्रधानन्यायाधीशजस्तो व्यक्ति र एकचोटि देशको जिम्मेवार लिई सकेको व्यक्तिले बोलेको कुरा अशोभनीय भएको र मर्यादित भाषा प्रयोग गर्नुपर्ने बताएका छन् भने नेकपा एमाले नेता महेश बस्नेत लगायतले सरकारले राम्रो काम नगर्दा आफ्नै निकट व्यक्तिहरू समेत असन्तुष्ट भएको भनेर कार्कीको समर्थन गरेका छन्।
यद्यपि, बालेन म पक्षबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। अहिले देखिएको विवाद व्यक्तिगत विवाद हो या कार्यप्रतिको असन्तुष्टि यो धेरैको चासो बनेको छ। अहिले देखिएको असन्तुष्टि मुख्यतः न्यायपालिका नियुक्ति, राजनीतिक निर्णय र शासनशैलीप्रतिको मतभेदसँग जोडिएको रूपमा हेरिएको छ।

प्रकाशित समय: आईतबार २७ ब‌ैशाख, २०८३, १९:३१:२५
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०