टी–२० विश्वकपमा आज नेपालको कडा परीक्षा, दुई पटकको च्याम्पियन वेस्ट इन्डिजसँग भिड्दै

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३ फाल्गुण, २०८२
७ महिनाअघि

काठमाडाैँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आईसीसी टी–२० विश्वकपको समूह चरणअन्तर्गत तेस्रो खेलमा दुई पटकको विश्व विजेता वेस्ट इन्डिज क्रिकेट टिमसँग प्रतिस्पर्धा गर्दैछ।

मुम्बईस्थित वानखाडे स्टेडियममा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। प्रारम्भिक दुई खेलमा पराजित भएको नेपालका लागि सुपर एटको झिनो सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाब छ। आज हार व्यहोरेमा नेपाल एक खेलअगावै प्रतियोगिताबाट बाहिरिनेछ।

पहिलो खेलमा नेपाल इङ्ल्यान्ड क्रिक्रेट टिम सँग ४ रनले पराजित भए पनि प्रदर्शनको प्रशंसा भएको थियो। दोस्रो खेलमा भने इटाली क्रिक्रेट नेशनल टिमसँग १० विकेटको हार बेहोरेपछि टोलीको आलोचना भएको थियो।

वेस्ट इन्डिजले नेपाललाई पराजित गरेमा एक खेलअघि नै सुपर एटमा स्थान सुरक्षित गर्नेछ। उसले पहिलो खेलमा स्कटल्यान्ड नेशनल क्रिकेट टीमलाई ३५ रनले र दोस्रो खेलमा इंग्ल्यान्डलाई ३० रनले हराएको थियो।

केही महिनाअघि युएईमा भएको तीन खेलको टी–२० शृंखलामा भने वेस्ट इन्डिज नेपालसँग २–१ ले पराजित भएको थियो। त्यसबेला टोलीका कप्तान रहेका अकिल हुसेन र जेसन होल्डर पनि आजको खेलमा मैदान उत्रनेछन्।

नेपालले टी–२० अन्तर्राष्ट्रियमा हराएको एक मात्र टेस्ट राष्ट्र वेस्ट इन्डिज नै हो। समूह ‘सी’ मा लगातार दुई हार बेहोरेको नेपाल अंकविहीन अवस्थामा छ। वेस्ट इन्डिज ४ अंकसहित शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड पनि ४ अंकसहित दोस्रो स्थानमा छ। स्कटल्यान्ड २ अंकसहित तेस्रो तथा इटाली २ अंकसहित चौथो स्थानमा छन्।

प्रकाशित समय: आईतबार ३ फाल्गुण, २०८२, १०:०६:१३
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०