टि–२० विश्वकपमा जित नजिको पुगेको नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २६ माघ, २०८२
८ महिनाअघि

जित हातमै आएको जस्तो देखिएको खेलमा नेपालले फेरि अन्तिम ओभरको दबाब थेग्न सकेन। कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीको संयमित साझेदारी तथा लोकेश बमको आक्रामक ब्याटिङ हुँदाहुँदै नेपाल आईसीसी टी–२० विश्वकपमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको छ।

१ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८० रन मात्र बनाउन सक्यो। अघिल्लो विश्वकपमा दक्षिण अफ्रिकासँग १ रनले हारेको नेपाल यसपटक पनि अन्तिम क्षणमा पुगेपछि निराश बन्नुपर्‍यो।

Advertisement

नेपाललाई अन्तिम ओभरमा जितका लागि १० रन चाहिएको थियो। तर दबाबपूर्ण परिस्थितिमा ब्याट्सम्यानहरूले खुलेर खेल्न सकेनन् र ५ रनमा सीमित भए।

इनिङ्स सम्हाल्ने क्रममा दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले तेस्रो विकेटका लागि ८२ रनको महत्वपूर्ण साझेदारी गरे। दीपेन्द्रले २९ बलमा ६ चौका र १ छक्कासहित ४४ रन बनाए भने रोहितले ३९ रन जोडे। यी दुई आउट भएपछि नेपालको रन गति सुस्त भयो।

ओपनर कुशल भुर्तेलले आक्रामक सुरुआत गर्दै १७ बलमा २९ रन बनाए। आसिफ शेख ७ र आरिफ शेख १० रनमा आउट भए। अन्त्यतिर लोकेश बमले २० बलमा ३९ रनको विस्फोटक इनिङ्स खेले पनि त्यो पर्याप्त भएन।

यसअघि टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो। खेलभर नेपालले बराबरीको प्रतिस्पर्धा दिएको भए पनि अन्तिम ओभरमा अनुभवको अभाव स्पष्ट देखियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०