नेपाली राष्ट्रिय टोली आज मुम्बई–११ सँग दोस्रो अभ्यास खेल खेल्ने

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १८ माघ, २०८२
८ महिनाअघि

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मुम्बई–११ सँग दोस्रो अभ्यास खेल खेल्दैछ। दुई टोलीबीचको खेल मुम्बईस्थित ब्रेबोर्न क्रिकेट स्टेडियममा हुँदैछ।

यसअघि बिहीबार सम्पन्न पहिलो अभ्यास खेलमा नेपालले मुम्बई–११ लाई ७ विकेटले पराजित गरेको थियो।

Advertisement

अभ्यास खेलपछि नेपालले आईसीसी विश्वकपको तयारीअन्तर्गत युएई र क्यानडासँग वार्मअप खेल खेल्ने तालिका छ। नेपालले युएईविरुद्ध फेब्रुअरी ३ मा चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेल्नेछ। उक्त खेल साँझ सवा ५ बजेदेखि सुरु हुनेछ। त्यस्तै, क्यानडाविरुद्धको खेल फेब्रुअरी ५ मा चेन्नईमै दिउँसो सवा १ बजेदेखि सुरु हुने तालिका छ।

रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोली तेस्रो पटक आईसीसी विश्वकपमा सहभागी हुँदैछ। विश्वकप खेल्ने नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमद रहेका छन्।

आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ। नेपाल समूह चरणमा स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटालीसँग, फेब्रुअरी १५ मा वेस्ट इन्डिजसँग र फेब्रुअरी १७ मा स्कटल्याण्डसँग खेल्नेछ। नेपालका सबै खेल मुम्बईस्थित वाङ्खेडे स्टेडियममा हुने तालिका छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०