हिसान स्पोर्ट्स मिट २०८२: शिक्षादीप र कान्तिपुर कलेज सेमिफाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १५ माघ, २०८२
८ महिनाअघि

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा सञ्चालन भइरहेको हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत बुधबार सम्पन्न हिसान क्रिकेट प्रतियोगितामा शिक्षादीप कलेज र कान्तिपुर कलेज सेमिफाइनलमा प्रवेश गरेका छन्।

जुट मिल मैदानमा भएको पहिलो खेलमा शिक्षादीप कलेजले रेडस्टार कलेजलाई १५ रनले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्‍यो। टस जितेर ब्याटिङ गरेको शिक्षादीपले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १७ रनको योगफल तयार गर्‍यो। शिक्षादीपका सत्यम सदामले सर्वाधिक २१ रन बनाए। रेडस्टारका आयुष अधिकारीले ४ विकेट लिँदा सुधिर बस्नेतले ३ विकेट हात पारे।

Advertisement

जवाफमा १ सय १७ रनको लक्ष्य पछ्याएको रेडस्टार कलेज १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय २ रनमै समेटियो। रेडस्टारका अभिषेक विकले सर्वाधिक १८ रन जोडे। शिक्षादीपका सोनु सिंहले ४ विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भए।

दोस्रो खेलमा कान्तिपुर कलेजले कोवास कलेजलाई ९३ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९२ रनको विशाल योगफल तयार गर्‍यो। कान्तिपुरका शम्भु मण्डलले ६१ रन बनाउँदै प्लेयर अफ द म्याच भए भने सन्तोष गुप्ताले ४१ रनको योगदान दिए। कोवासका अमरेश यादवले सर्वाधिक ५ विकेट लिए।

जवाफमा १ सय ९३ रनको लक्ष्य पछ्याएको कोवास कलेज १५.५ ओभरमै सबै विकेट गुमाउँदै ९९ रनमा सीमित भयो। कोवासका राजित राजवंशीले सर्वाधिक १९ रन बनाए। कान्तिपुरका सन्तोष गुप्ताले २ विकेट लिँदा रामरतन यादवले पनि २ विकेट हात पारे ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०