टी–२० विश्वकपको तालिका : नेपाल ‘ग्रुप अफ डेथ’ मा !

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ८ मङ्सिर, २०८२
१० महिनाअघि

विराटनगर । आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपको तालिका सार्वजनिक भएको छ । उक्त तालिकाअनुसार तेस्रोपटक विश्वकप खेल्न लागेको नेपाल समूह ‘डी’ मा परेको छ ।

नेपाल अनुभव बटुलिसकेको टोलीको समूहमा परेको हो, जसमा समान दुईपल्टको विश्वविजेता वेस्ट इन्डिज र इङ्ल्यान्डसँगै बंगलादेश र इटाली छन् ।

Advertisement

यो समूहलाई ‘ग्रुप अफ डेथ’ मानिएको छ ।

नेपालले लगातार दोस्रोपल्ट तथा समग्रमा तेस्रोपल्ट विश्वकप खेल्न लागेको हो ।

यसअघि सन् २०१४ मा बंगलादेशमा आयोजना भएको विश्वकपमा नेपालले डेब्यु गरेको थियो ।

सोही मञ्चमा फर्किन नेपाललाई करिब एक दशक नै लाग्यो। तर, लामो प्रतीक्षा गरे पनि नेपालको दोस्रो सहभागिता सुखद् भने हुन सकेन ।

गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना भएको विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

उक्त प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकाजस्तो बलियो टेस्ट राष्ट्रलाई एक रनको नतिजा सुम्पिए पनि नेदरल्यान्ड्स र बंगलादेशजस्तो मध्यम टोलीविरुद्ध फराकिलो हार बेहोरेको थियो ।

अझ दुख लाग्दो कुरा त वर्षका कारण श्रीलंकाजस्तो अर्को टेस्ट राष्ट्रविरुद्ध खेल्ने अवसर नै गुमाएको थियो । तर, समग्रमा तेस्रोपल्ट विश्वकप खेल्न लागेको नेपालले फेरि यस्तै बलियो टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

क्रिकबजको रिपोर्ट अनुसार सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘डी’मा वेस्ट इन्डिज र इङ्ल्यान्डसहित बंगलादेश र इटाली छन् ।

प्रतियोगिताको ढाँचा अघिल्लो संस्करण जस्तै रहनेछ । प्रत्येक समूहका टोलीहरूले राउन्ड रोबिनमा एकअर्कासँग खेल खेल्नेछन् ।

प्रत्येक समूहका शीर्ष दुई टोली सुपर ८ मा जानेछन्। सुपर ८ मा समूह चरणमा गरेको प्रदर्शनका आधारमा चार टोलीलाई दुई समूहमा राखिनेछ ।

र, दोस्रो राउन्ड रोबिन खेल्नेछन् । सुपर ८ पछि प्रत्येक समूहका शीर्ष दुई टोलीहरू नकआउट चरणमा पुग्नेछन् ।

नेपालका लागि यो समूहमा इङ्ल्यान्ड र इटाली मात्र नौला टोली हुन् । अन्य दुई टोलीसँग भने नेपालले यसअघि नै खेल्दै अनुभव बटुलिसकेको छ । त्यसमा पनि बंगलादेशसँग त सन् २०१४ र २०२४ मा लगातार खेलेको अनुभव छ ।

पहिलोपल्ट खेल्दा ८ विकेटले पराजित भएको नेपालले दोस्रो भेटमा भने बंगालादेशलाई २१ रनको नतिजा सुम्पिएको थियो ।

अर्कोतर्फ वेस्ट इन्डिजसँग पनि यसै वर्ष युएईमा भएको टी–२० आई सिरिज २–१ ले जितेको क्षण ताजै छ । त्यसैले यो समूहमा नेपालले आफ्नो लय कायम राखे सुपर ८ मा पर्ने सम्भावना रहन्छ ।

भारतमा हुने खेल मुम्बई, कोलकाता, चेन्नई, दिल्ली र अहमदावादमा राखिएको छ । श्रीलंकामा हुने खेल कोलम्बो र क्यान्डीमा हुनेछन् ।

अहमदावाद फाइनल खेलिने तय गरिएको छ । तर, यदि पाकिस्तान फाइनलमा पुगेको खण्डमा खेल कोलम्बोमा हुनेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०