विराटनगरमा सार्वजनिक भयो ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २३ असार, २०८२
१ वर्षअघि

विराटनगर । नेपाली कथानक चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक भएको छ ।

विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा आइतबार आयोजित विशेष कार्यक्रममा उक्त चलचित्रको पोर्टर सार्वजनिक गरिएको हो ।

Advertisement

फरक ढंगले चलचित्रको प्रचारप्रसार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँबाट एकैसाथ पोस्टर सार्वजनिक गर्दै चलचित्रको औपचारिक प्रचार सुरु गरिएको हो ।

हिमाल न्यौपानेद्वारा निर्देशित यस चलचित्रमा विजय बराल, केकी अधिकारी र मिरुना मगर मुख्य भूमिकामा छन् ।

यसैगरी, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा, कविता आले, तारा शर्मा, सृष्टि खड्का, निरु खड्का गौतम र सुवास सिंह ठकुरीलगायतको अभिनय रहेको छ ।

चलचित्रलाई कमल न्यौपाने र बिमल न्यौपानेले निर्माण गरेका हुन् ।

निर्माण पक्षका अनुसार चर्चित कलाकारहरू तथा सफल निर्देशकद्वारा निर्माण भएको यो चलचित्र भाद्र ६ गतेबाट देशभर एकैसाथ प्रदर्शनमा आउनेछ ।

विराटनगरसँगै कोशी प्रदेशका प्रमुख शहरहरू इटहरी, धरान, विर्तामोड लगायत देशभरका १२ स्थानमा एकसाथ पोस्टर सार्वजनिक गरिएको थियो ।

विराटनगरको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार भरत गुरागाई रहेका थिए भने चलचित्रकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

पोस्टर सार्वजनिक कार्यक्रमको व्यवस्थापन चलचित्र पत्रकार संघ कोशी प्रदेशकी कोषाध्यक्ष रश्मि थापाले गरेकी थिइन् भने समन्वय चलचित्र पत्रकार संघ, मोरङले गरेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह

आईतबार १७ साउन, २०८३
२ महिनाअघि

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि

चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

बुधबार १० असार, २०८३
३ महिनाअघि

महेश बस्नेत अतिथि बनेपछि होन्डाले कमेडी च्याम्पियन्सबाट फिर्ता लियो प्रायोजन

बुधबार १३ फाल्गुण, २०८२
७ महिनाअघि

अरिजित सिंहले चलचित्र गायनबाट सन्यास घोषणा

बिहिबार १६ माघ, २०८२
८ महिनाअघि

पब्जी ई-स्पोर्ट्सको फिनाले सम्पन्न

बुधबार ८ असोज, २०८२
१ वर्षअघि
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०