विराटनगरका गुप्ता बने गल्फको नेट विजेता, ग्रसतर्फ परियार विजयी

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १३ ब‌ैशाख, २०८२
१ वर्षअघि

विराटनगर । सुनसरीको धरानमा सम्पन्न दोस्रो संस्करणको कोशी प्रदेश खुला गल्फ प्रतियोगिताको नेट विजेता विराटनगरका नितेश गुप्ता भएका छन् ।

धरानस्थित धरान गल्फ क्लबको गल्फ कोर्समा शनिबार भएको प्रतियोगिताको नेट विधातर्फ ९ अन्डर अंकसहित गुप्ता विजेता भएका हुन् ।

नेट तर्फको दोस्रो स्थान रमेश चौधरीले हासिल गर्न सफल भए भने तेस्रो स्थानमा राजीव घिमिरे रहे ।

प्रतियोगिताको ग्रसतर्फ ३ अन्डर अंकसहित सुमन परियार विजयी हुँदा उपविजेतामा गजेन्द्र लिम्बूले चित्त बुझाउनु परेको थियो ।

त्यस्तै, जुनियरतर्फको खेलमा दिपेश श्रेष्ठ विजेता र लक्की साह उपविजेता भए । प्रतियोगिताको सिनियर तर्फको खेलमा तुलसी लिम्बू जित्दा दोस्रो स्थानमा विजय राई रहेका थिए ।

महिलातर्फको खेलमा पोखराकी दानवी गुरुङ विजेता र उपविजेता सुमित्रा लिम्बू भइन् ।

प्रतियोगिताको नियरेस्ट टु द पिन विश्व गुरुङ, मोस्ट बर्डिज सरोज थापा र लंगेस्ट ड्राइभ धिरज लिम्बूले जित्न सफल भएका थिए ।

विजेताहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेललगायतले पुरस्कार वितरण गरेका थिए ।

पुरस्कार वितरणपछि बोल्दै मुख्यमन्त्री कार्कीले गल्फको विकासका लागि सहयोग गर्न प्रदेश सरकार सधैँ तयार रहेको बताए ।

यसैगरी, संघका अध्यक्ष प्याकुरेलले कोशी प्रदेश सरकारको सहयोगमा गल्फ टुर्नामेन्ट गराउन सफल भएको भन्दै मुख्यमन्त्री कार्कीलाई धन्यवाद ज्ञापन गरे ।

कोशी गल्फ एसोसिएसनको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रायोजनमा भएको प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका खेलाडी तथा पोखरा र भारतको सिलिगुरीका खेलाडीले सहभागिता जनाएका थिए ।

प्रकाशित समय: शनिवार १३ ब‌ैशाख, २०८२, १८:२३:११
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०