काठमाडौं । नेपाली गीतसंगीतको भीडमा हरेक दिन नयाँ नयाँ गीतहरू बजारमा आइरहेका छन् ।
जति गीत आउँछन्, ती सबैले दर्शक र श्रोताको मन जित्न भने सकेका हुँदैनन् ।
तर, पछिल्लो पटक भने एउटा फरक शैलीको गीत सार्वजनिक भएको छ । यो गीतले भने दर्शक र श्रोताको मन जित्ने निर्माण पक्षले अपेक्षा गरेको छ ।
गीतमा एउटा प्रेमी र प्रेमिकाले आआफ्नो भोगाई व्यक्त गरेका छन् ।
कसैलाई माया गरेर पछि धोका दिने प्रेमीप्रेमिकाका लागि यो गीत एउटा सन्देशमुलक पनि बन्न सक्छ ।
यसमा कसैले प्रेममा पर्दा सम्पूर्ण चीज नै दिन्छु भनेको तर पछि नराम्रो धोका दिएपछि यस्तो चोट तिमीलाई नपरोस् भन्दै कामना गरिएको छ ।
बद्री लोकमालाको नयाँ प्रस्तुती लोक दोहोरी गीत ‘भोलि तिमीलाई रुन नपरोस्’ बजारमा आएको हो ।
बिहीबार सार्वजनिक गीतमा बद्रीप्रसाद सिटौला र पार्वती कार्कीको सुमधुर स्वर सुन्न पाइन्छ ।
लय र एरेन्ज सुफिक्स मदन तथा शब्द सरला तिमल्सिनाको रहेको यो गीत बद्री लोकमाला युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
यसमा स्टुडियो एरिक डिजिटल र अडियो मिक्सिङ गोबिन्द सोनीको रहेको छ ।
गीतको भिडियोमा बद्रीप्रसाद सिटौला, पार्वती कार्की, दिपक बस्नेत र मुस्कान घिमिरेको दमदार अभिनय रहेको छ ।
गीतको छायाँकन कलाकार साजन पराजुलीले गरेका छन् भने निर्देशन बद्रीप्रसाद सिटौलाले गरेका छन् ।
विष्णु शर्माको सम्पादन रहेको गीतको दृष्य निर्माण ई. नेपाल खबर प्रालिले गरेको हो ।