विराटनगर । विराटनगरमा बुधबार (भोलि) ‘अजिमा एन्ड सिक्स जेन्डर्स’ को विशेष शो हुने भएको छ ।
भोलि दिउँसो ३ बजे विराटनगरको सिटी सिनेमा हलमा वृत्तचित्र अजिमा र ६ प्रकारका लैङ्गिक पहिचानको विशेष ‘स्क्रिनिङ’ हुने भएको हो ।
उक्त चलचित्र समीक्षात्मक कार्यक्रमा निःशुल्क प्रवेश दिइने बताइएको छ ।
सुनीलबाबु पन्तको निर्माण र निर्देशनमा बनेको वृत्तचित्र मातृसत्तात्मक परम्पराहरूमा आधारित रहेको छ ।
वृत्तचित्रले नेपालको सांस्कृतिक र लैङ्गिक विविधताको गहिरो अध्ययन गर्ने अवसर प्रदान गर्ने निर्देशक तथा निर्माता पन्तले बताए ।
यस विशेष कार्यक्रममा सहभागी भई हाम्रो समाजमा रहेको मातृसत्तात्मक परम्परा र लैङ्गिक पहिचानका विविध आयामहरूबारे गहिरो छलफलमा भाग लिन उनको आग्रह छ ।