मेयर बालेनको काम मात्र होइन, सिर्जना पनि ‘ट्रेन्डिङ’ मा (भिडियोसहित)

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २९ माघ, २०८१
१ वर्षअघि

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको हो ।

Advertisement

‘नेपाल हाँसेको…’ बोलको गीतमा बालेनको शब्द, संगीत र स्वर छ । गीतले विकसित नेपालको परिकल्पना गरेको छ । कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ ।

बालेन मेयर भएपछि उनले गाएको गीत सार्वजनिक भएको यो पहिलोपटक हो । मेयर भएपछि उनले हालसम्म कुनै पनि गीत गाएका थिएनन् ।

‘लाज शरणम्’ले बालेनको स्वरमा रहेको गीतलाई प्रोमोसनल सङ भनेको छ ।

फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने चलचित्र ‘लाज शरणम्’ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा…’ बोलको गीत सार्वजनिक गरेको थियो ।

चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।

‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।

‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

सहकारी बचत फिर्ता गर्न ऐन संशोधन गरिएको हो : मन्त्री प्रतिभा रावल
आईतबार २१ असार, २०८३
चितवनमा जंगली हात्तीको आक्रमणपछि आगलागी हुँदा आमा–छोराको मत्यु
आईतबार २१ असार, २०८३
मन्सुरीको पहलमा सहकारी बचत फिर्ता अभियान प्रभावकारी, झण्डै चार करोड रकम बचतकर्तालाई फिर्ता
शनिवार २० असार, २०८३
गुरुङ नेतृत्वको बर्जु–१ ले किसानलाई दियो विद्युतीय पानी तान्ने मेसिन
शनिवार २० असार, २०८३
बर्जु–२ ले गर्यो  किसानहरुलाई निःशुल्क स्प्रे मेसिन वितरण
शनिवार २० असार, २०८३
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको आग्रह
शनिवार २० असार, २०८३
सरकारका सय दिन पूर्णत असफल : प्रचण्ड
शनिवार २० असार, २०८३
१०० दिन पूरा गर्दै सरकारले सार्वजनिक गर्‍यो उपलब्धिको विवरण
शनिवार २० असार, २०८३
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
शनिवार २० असार, २०८३
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
शनिवार २० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०