एआईको रचनात्मक प्रयोग : नेपाली युवाले बनाए ‘महाभारत’ को आकर्षक ट्रेलर !

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २८ पुस, २०८१
२ वर्षअघि

विराटनगर । पछिल्लो समय आर्टिफिसियल इन्टिलिजेन्स अर्थात् एआईको चर्चा व्यापक छ ।

टिकटक र फेसबुकमा एआईको दुरुपयोग गरी चरित्रहत्या गरेका भिडिओहरू आइरहेका छन् । यसको दुरुपयोग व्यापक रूपमै भइरहेको छ ।

Advertisement

तर, यसलाई सदुपयोग गर्न सके चर्चाको शिखरमा पुग्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, नेपालका मौसम पुरी ।

नेपाली प्राविधिक क्षेत्रमा एउटा नयाँ र उत्साहजनक प्रयोगका रूपमा पुरीले एआई प्रविधिको प्रयोग गरी महाभारतको आकर्षक ट्रेलर निर्माण गरेका छन्, जसले अहिले निकै चर्चा पाइरहेको छ ।

एआई टुलको सहायतामा बनाइएको उक्त ट्रेलरलेसामाजिक सञ्जालमा व्यापक चर्चा पाइरहेको हो ।

नेप्टोनिक सफ्टवेयरका संस्थापक रहेका पुरी एक अनुभवी आइटी विशेषज्ञ पनि हुन् । जर्मनीबाट ‘अप्लाइड म्याथम्याटिक्स इन डिजिटल मिडिया’ मा स्नातकोत्तर गरेका पुरीले आफ्नो बाल्यकालदेखि नै महाभारतप्रति रहेको मोहलाई डिजिटल रूपमा साकार पार्ने प्रयास गरेका हुन् ।

फुर्सदको १५ दिन खर्चिएर पुरीले तयार पारेको महाभारतको दुई मिनेट लामो ट्रेलरमा देखाइएका विभिन्न दृश्यको चर्चा भइरहेको छ ।

एआईलाई रचनात्मक तरिकाले प्रयोग गरेर कसरी काम गर्न सकिन्छ भन्ने सोच्दा सोच्दै पुरीलाई महाभारतको ट्रेलर बनाउने आइडिया आएको थियो ।

स्नातक तहमा कम्प्युटर साइन्स अध्ययन गरेका पुरी सन् २०१४ मा स्नातकोत्तर गर्न जर्मनी गएका थिए ।

स्नातकोत्तर तहमा ‘अप्लाइड म्याथम्याटिक्स इन डिजिटल मिडिया’ अध्ययन गरेका उनी सन् २०१८ मा नेपाल फर्किए ।

त्यसपछि स्वदेशमै आईटी कम्पनी सञ्चालन गरेर विभिन्न सेवा र प्रडक्ट बिक्री गर्दै आएका छन् ।

बाल्यकालदेखि नै सबैभन्दा बढी हेरेको महाभारतबाट प्रभावित भएर ट्रेलर बनाएका पुरीले उक्त कामका लागि प्रिमियम एआई टुल मिडजर्नी, क्लिङ एआई र फ्लक्स एआई प्रयोग गरेका छन् ।

महाभारतका एउटै पात्रका विभिन्न तरिकाका फोटो तयार पार्न मिडजर्नी प्रयोग गरेका पुरीले त्यसलाई एनिमेसन गर्न रनवे एमएल प्रयोग गरेको थिए ।

भिडिओमा इमोसन देखाउन क्लिङ एआई प्रयोग गरेको पुरीले ट्रेलरमा के के राख्ने, कसरी मिलाउने, कुन दृश्य राख्ने भन्ने निर्धारण गर्न च्याटजीपीटीसमेत प्रयोग गरेका छन् ।

उक्त ट्रेलरमा प्रयोग भएको ब्याकग्राउन्ड म्युजिकका लागि पिक्साबे प्रयोग भएको छ भने फोटो एडिट गर्न क्यान्भा प्रयोग भएको छ ।

यी सबै तयार भइसकेपछि क्यापकटको वेब भर्सन र क्लिपच्याम्पबाट एडिट गरिएको उनले सुनाए ।

१५ दिनमा करिब ३० घण्टाजति काम गरेका पुरीले प्रिमियम एआई टुल खरिद गर्दा ३०० डलरजति खर्च गरेका छन् ।

पुरीले ट्रेलर सामाजिक सञ्जालमा राखिसकेपछि फिल्म क्षेत्रका निर्देशकहरू उनीसँग जोडिन आएका छन् ।

उनीहरूसँग कुरा भइरहेको बताउने पुरी प्रस्ताव आएमा पूरा फिल्म नै बनाउने चाहना रहेको सुनाउँछन् ।

एआईलाई चरित्र हत्या गर्ने साधन नबनाएर सकारात्मक प्रयोग गर्न पुरीको सुझाव छ ।

मौसम पुरीको उदाहरणले देखाएजस्तै, एआईको सदुपयोगले व्यक्तिगत र व्यावसायिक विकासका साथै समग्र समाजको विकासमा योगदान पुर्‍याउन सक्छ ।

तर यसको लागि एआईलाई जिम्मेवार र नैतिक तरिकाले प्रयोग गर्नु महत्त्वपूर्ण छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०