विराटनगर । भारतीय अभिनेता अजितकुमार दुर्घटनामा परेका छन् । अजित दुवईमा कार दुर्घटनामा परेको बताइएको छ ।
यतिबेला सामाजिक सञ्जालमा उनको कार दुर्घनाको भिडिओ भाइरल भइरहेको छ । जसमा अजिरले कार हाकिरहेका छन् ।
उनको कार भित्तामा ठोक्किएको देखिएको छ । यद्धपी, उनलाई चोटपटक नलागेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
अजित कार रेसमा सहभागी हुन दुबई पुगेका थिए । जसका लागि उनले ६ घण्टा लामो प्रशिक्षण लिइरहेका थिए । प्रशिक्षण सकिनुअघि उनको कार भित्तामा ठोक्किएको हो ।
दुबईमा हुने २४ एच दुबई २४ एच दुबई २०२५ रेसमा भाग लिँदैछन् । अजित रेस टिमको मालिक पनि हुन् । उनी आफ्नो साथी मैथ्यू डेट्री, फैबियन डफिक्स र क्यामरन मैकलियोडसँग ९९९ क्लासमा पनि सहभागी हुनेछन् ।
अजितकुमार कार र बाइक चलाउन सौखिन छन् । डेढवर्षअघि अजित बाइक चलाएर नै नेपाल घुम्न आएका थिए ।