विराटनगर । युवा गायक समीर बिकको नयाँ म्युजिक भिडियो ‘भन तिमीले के पायौं’ सार्वजनिक भएको छ ।
युट्युबमा पूर्वाञ्चल म्युजिक च्यानलमार्फत् केही दिनअघि उक्त गीत सार्वजनिक भएको हो ।
हाल साउदी अरबमा रहेका गायक बिकको आवाज रहेको गीतको भिडियोमा कलाकार नरेन्द्र सेन्दाङ, जेनी सेन र हुसेन शेखको अभिनय रहेको छ ।
सन्तोष बास्तोला (अशिक कुमार) को निर्देशन रहेको म्युजिक भिडियोमा त्रिकोणात्मक प्रेमकथालाई देखाइएको छ ।
उक्त म्युजिक भिडियो छायांकन झापाको दोमुखा क्षेत्रमा गरिएको हो । गायक बिकका करिब दुई दर्जन गीत सांगीतिक बजारमा छन् ।
संगीतप्रतिको लगाव अनि मोहका कारण उनी यो क्षेत्रमा आज पनि उत्तिकै सक्रिय छन् ।