लघुकथाः अचम्म !

-ऋषि तिवारी
बिहिबार ४ पुस, २०८१
२ वर्षअघि

‘के फुरौं, के फुरौं भन्दै थिएँ, एका बिहानीको समय ।’

शनिबारको दिन थियो । के कता के गर्दै बिहानीको समय नुहाई धुवाई । के-के न के-के यो शनिबार झन फुर्सदै नहुने। बिहानीको समय कट्दै दिनमा परिणत भइसकेको थियो । अब त फुर्सद भो भन्दै थिएँ, आफैं मनमनै ।

Advertisement

कलम खोज्छु देख्तिनँ, डायरी हेर्छु, दराज माथिको टाउकोमा । डायरी समाएँ । डायरीभित्रै पो छ कि कलम ? डायरी उल्टाई, पल्टाई गरे कतै डायरीमै सिउरीएको छ कि कलम ? अँह त्यहाँ पनि थिएन ।

छोराछोरी पनि थिएनन् ।श्रीमती हाट बजार । घरमा छु म । कलम खोज्दा निराश भैसकेको थिएँ । बिच्छौनीको सिरानीमा टाउको राख्दा, हात छातीमा पर्‍यो । छातीमा हात के राखेको थिएँ । कलम र हातको संयोग भेट भयो । सेन्डो गन्जीमा सिउरीएको रहेछु । आफैंले आफैंलाई धिक्कारे, ‘थुइया ।’

फेरि डायरीसँगै कलमले साहित्यिक भाषा कोर्न थाल्यो । मनमनै गफिएँ, ‘के फुर्ने, के शीर्षक राखौं ?’ कता कता आज श्रीमतीकै कथा फुर्नुपर्‍यो । आफ्नै व्यथा फुर्नु पर्‍यो ।

फुर्‍यो पनि फेरि त्यस्तै, नारी दिवसमा, पुरुष दिवस । डायरीमा फुरिसकेको कलम र डायरीसँगै राखिदिएँ, ताकि उनले पढून् । छोराछोरी कता पुगेर घरतिर झुल्किए । टेबलमा राखेर छोराछोरीलाई भनें,- ‘मम्मी आएपछि पढ्न भन्नु हैं । म एकछिन साँझको हावा खाएर आउँछु ।’

छोराछोरीको जवाफ थियो, ‘हवस बाबा ।’

उनी आइन घरको अँगेनीमा । छोराछोरी डायरी लिदै अँगेनीमै पुगे, भनेछन्, ‘मम्मी तपाईंलाई बाबाको लभ लेटर छ ।’ उनी गाली गर्न थालिन् छोराछोरीलाई, ‘तिम्रा बाबा अब लभ लेटर लेख्तैनन्, साहित्यक रचना लेख्छन् । हाम्रो ऊ बेला लभ लेटर चल्थ्यो, अब साहित्यिक रचना लेख्नुहुन्छ, खै के लेख्नु भको छ हेरौं त ?’

उनले पढिछन् यसरी, ‘नारी दिवसमा पुरुष दिवस खै कहिले ?’

उनले यति पढेपछि मोबाइलमा फोन गरिन, ‘हजुर कता हो ? घर आइस्यो ?’

म अचम्म थिएँ, ‘बिहान सम्मको चर्को स्वर ओहो !’ मेरो कलम डायरीले गर्दा, श्रीमती सुध्रिछे, स्वभाव परिवर्तन गरिछन्, ‘एक्कासी मोबाइलमा उनलाई जवाफ दिएको थिएँ, ‘म आउँदैछु ।’ मनमनै फेरि, कलमलाई सम्झिएँ, डायरीलाई सम्झिएँ, ‘काहीं गलत त्रुटी त छैन ?’

विराटनगर-६, ममता-मार्ग ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको आदिवासी जनजाति खुला सदस्यमा तीर्थ लामाको अग्रता कायमै
मङ्गलबार २७ असोज, २०८३
सहमहामन्त्री महिला पदमा प्रतिमा गौतमको मत ३ हजार नाघ्यो
मङ्गलबार २७ असोज, २०८३
कांग्रेस नेतृत्वमा समावेशिता खोइ? अमरेशकुमार सिंहको प्रश्न
मङ्गलबार २७ असोज, २०८३
एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी
सोमबार २६ असोज, २०८३
मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध
सोमबार २६ असोज, २०८३
पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ
सोमबार २६ असोज, २०८३
सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो
सोमबार २६ असोज, २०८३
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी
सोमबार २६ असोज, २०८३
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान
सोमबार २६ असोज, २०८३
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०