चीत्कार : कविता

-भरत गुरागाईँ बर्बरिक
मङ्गलबार २५ मङ्सिर, २०८१
२ वर्षअघि

त्यो भूगोलबाट
यो भूगोल थर्किनेगरी आएको
यो भयङ्कर आवाज चीत्कार हो ।

म यति विचलित छु कि
चीत्कार सुन्न नसकेर
स्वयं चीत्कार गरिरहेछु ।

अश्रुपुरित स्वयम्भूका एकजोर आँखा बोकेर
मेरो देश यतिबेला
अन्तर्राष्ट्रिय विमानस्थलको टावरमा उभिएको छ,
मेरा आदर्श नेताहरु सिंहदरबारभित्र
तलबभत्ताको हिसाब मिलाउँदैछन्  ।

एउटा ठूलो शङ्का जन्मिएको छ-
के तिनीहरू मान्छे नै हुन्  ?
– जो मारिरहेछन्  मान्छेहरू ।

तपाईं पनि सुन्न विवश हुनुहुन्छ
यो बीभत्स आवाज ।

उनीहरू ;
जो गर्भमै छन्
अथवा
दूध चुसाउँदा चुसाउँदै
मारिएकी आमालाई उठाउन
तिनको अङ्गालोबाट चीत्कार गरिरहेछन् ,
मनभरि जिजीविषा बोकेर
भाग्दाभाग्दै खरानी भएकाछन्  ।

देख्दैछु-
तपाईं पनि देख्दै हुनुहुन्छ-
केही थान राइट दाजुभाइहरू,
केही थान नाइटिङ्गेलहरू,
केही थान कोलम्बसहरू,
केही थान आइन्सटाइनहरू
बारुदे सुरुङभित्र मारिएका छन्  ।

हो;
केही थान सुकरातहरू,
केही थान बुद्धहरू,
केही थान शेक्सपियरहरू,
केही थान टेरेसाहरू
ज्यानको भिख माग्दामाग्दै मारिएका छन्  ।

उ: फेरि अर्को आवाज आयो,
मानवताहीन बन्दुकको नाल अघिल्तिर
मरिरहेका मान्छेहरुको चीत्कार हो यो ।

यो युद्ध हुँदै होइन,
कथित धर्मरक्षाका लागि
मान्छेको बली दिने
बधशाला हो यो ।

म के गरुँ ?
मुसलमान बनेर हातमा बन्दुक बोकौँ कि
यहुदी बनेर मान्छे विरुद्ध बारुद बिछ्याऊँ ??

प्रकाशित समय: मङ्गलबार २५ मङ्सिर, २०८१, १८:०२:५०
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०