एनपिएल : उत्कृष्ट लयमा रोहित पौडेल

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २५ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल काठमाडौंमा जारी नेपाल प्रिमियर लिगमा दुई सय रन पुरा गर्ने पहिलो खेलाडी बने ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका पौडेलले एनपिएलको पाँचौं खेलमा दुई सय रन पूरा गरे ।

व्यक्तिगत रूपमा रोहितको प्रदर्शन सानदार रहे पनि टोलीको प्रदर्शन भने राम्रो छैन । यो कुरा रोहित स्वयम स्वीकार्छन् ।

‘मेरो लागि समग्र एनपिएल नै रोमाञ्चक छ, टोलीको लागि त्यति राम्रो थिएन आजसम्म,’ उनले भने, ‘टिमले जित्दा र आफूले रन हान्दा एकदमै खुसी लाग्छ ।’

उत्कृष्ट लयमा रहेका पौडेलले पाँच खेलमा दुई सय ६२ रन जोडेका छन् ।

मंगलबार भएको चितवन राइनोसविरुद्धको खेलमा उनले अर्धशतक प्रहार गरेका थिए ।

टिम एक रनमै दुई विकेट गुमाएको अवस्थामा ब्याटिङमा आएका रोहितले इनिङ मात्र सम्हालेनन् ५७ बलमा आक्रामक ८० रन प्रहार गरे ।

रोहितको पाँच छक्का र ६ चौका प्रहार गरेका थिए ।

त्यतिमात्र नभएर चितवनसँगको खेलमा रोहितले १७ रन खर्चिएर चार विकेट लिए ।

रोहितको सानदार ब्याटिङ र बलिङको मद्दतमा लुम्बिनीले चितवनलाई ३३ रनको जित हात पार्‍यो ।

प्रतियोगितामा पाँचौं खेल खेलेको लुम्बिनीको यो पहिलो जित हो । ऊ अहिले अंकतालिकाको पुछारमा छ ।

टिमले राम्रो प्रदर्शन गर्न नसके पनि रोहितको व्यक्तिगत प्रदर्शन भने हरेक खेलमा सानदार छ ।

रोहितले पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ४६ रन प्रहार गरेका थिए । दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध भने उनले शतक बनाउनबाट पाँच रनले चुके ।

पोखरासँगको खेलमा ९५ रन बनाएका रोहितले तेस्रो खेलमा सुदूरपश्चिमविरुद्ध ५ रन तथा चौथो खेलमा जनकपुर बोल्टसविरुद्ध ३५ रन जोडेका थिए ।

प्रतियोगितामा रोहितले सात विकेट लिएका छन् । प्रतियोगितामा उनको टिम लुम्बिनीले भने राम्रो प्रदर्शन गर्न सकेको छैन ।

पहिलो खेलमा विराटनगरसँग २ विकेटको हार आत्मसात् गरेको लुम्बिनीले पोखरासँग १० विकेटको पराजय बेहोरेको थियो ।

सुदूरपश्चिमसँग ४५ रनले हारेको लुम्बिनीले जनकपुरसँग १ रनको झिनो हार खेपेको थियो । पाँचौं खेलमा भने लुम्बिनीले जित हात पार्‍यो ।

अब, उसले बुधबार दिउँसो काठमाडौं र शुक्रबार कर्णालीसँग खेल्ने छ ।

प्रकाशित समय: मङ्गलबार २५ मङ्सिर, २०८१, १६:२८:२४
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०