मनमोहनका विद्यार्थीले बनाए चालक आफैंले खाएको रक्सी चेक गर्ने मेसिन

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १८ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरूले मादक पदार्थ सेवन चेकजाँच गर्नसक्ने उकपरण बनाएका छन् ।

पोलिटेक्निकको डिप्लोमा मेकानिकल तर्फका तेस्रो वर्षका विद्यार्थीले सवारीमा चालक आफैंले आफनो अल्कोहल टेस्ट गर्नसक्ने उपकरण निर्माण गरेका हुन् ।

उनीहरूले ६ महिना लगाएर कुनै पनि सवारीमा जडान गरेर चालकले कति प्रतिशत अल्कोहल खाएको छ र चलाउन सक्ने अवस्थामा छ-छैन भन्ने पत्ता लगाउन सक्ने उपकरण बनाएका हुन् ।

विद्यार्थीहरूका अनुसार अल्कोहल उपकरणलाई स्तरोन्नति गरेर कार, मोटरसाइकल, बस, ट्रक जुनसुकै सवारीको इन्जिनमा जडान गर्न सकिन्छ ।

यदि, चालकले ४० प्रतिशतभन्दा बढी रक्सी सेवन गरेको रहेछ भने उक्त उपकरणले तत्काल सिग्नल दिनसक्छ ।

जसले ‘तिमिले धेरै रक्सी खाएका छौं, यसैले सवारी चलाउन योग्य छैनौं’ भन्ने सन्देश दिन्छ ।

यसैले यो उपकरणले दुर्घटना न्युनीकरण गर्न सहयोग पुर्‍याउने पोलिटेक्निकका इन्जिनियर तथा शिक्षक दिपेन्द्र यादवले बताए ।

उनका अनुसार चालु शैक्षिक सत्र मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षका विद्यार्थीहरूले विभिन्न पाँचवटा अविष्कारहरू गरेका छन् ।

गियरवाला विद्युत्तीय मोटरसाइकलको पनि निर्माण

मनमोहन पोलिटेक्निकलकै इन्जिनियरिङ तर्फका विद्यार्थीहरूले गियरवाला विद्युत्तीय मोटरसाइकल पनि निर्माण गरेका छन् ।

विद्यार्थीहरूका अनुसार हाल बजारमा सञ्चालन भइरहेका इलेक्ट्रिक मोटरसाइकलहरूमा गियरको प्रबन्ध छैन ।

यो प्रविधिलाई स्तरोन्नति गरेर बजारमा गियरवाला मोटरसाइकल सञ्चालन गर्न सकिने शिक्षक तथा इन्जिनियर रामकुमार यादवले जानकारी दिए ।

इन्जिनियर रामकुमार यादवका अनुसार चालू वर्ष इन्जिनियरिङतर्फका विद्यार्थीले पाँचवटा र इलेक्ट्रिक इन्जिनियरिङतर्फका विद्यार्थीले विभिन्न तीनवटा आविष्कारहरू प्रर्दशन गरेका छन् ।

विद्यार्थीहरूले सोमबार पोलिटेक्निक परिसरमा बेट्रीबाट चल्ने ह्विल चेयर, हाइड्रो पावर, ट्रान्सफर्मर इलेक्ट्रिक कन्ट्रोलर र स्वचालित कार, अल्कोहल टेस्ट डिभाइस, गियरवाला इलेक्ट्रिक मोटरसाइकल आदि विभिन्न अविष्कारहरू प्रर्दशन गरेका हुन् ।

विद्यार्थीहरूले गरेको आविष्कारको प्रर्दशन मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेल रजिष्टार डा. दिलनाथ फुयाल, उद्योगी सोम घिमिरे, समाजिक विकास मन्त्रालयका उपसचिव फणिन्द्र खत्रीलगायतले अवलोकन गरेका थिए ।

प्रकाशित समय: मङ्गलबार १८ मङ्सिर, २०८१, १८:५८:०९
सुस्तामा नारायणीको बाढी पस्दा १६५ घर प्रभावित, बस्ती नै जोखिममा
शनिवार १० असोज, २०८३
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०